भन्सारका नासुविरुद्ध पौने २ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौँ । भन्सार जाँच पास कार्यालयमा कार्यरत नासु देवीबहादुर थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौने २ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
२०५६ साउन ५ मा बिचारी पदबाट सरकारी सेवा प्रवेश गरी पछिल्लो पटक निलम्बनमा रहेका नासु थापाले २० वर्षमा १ करोड ८७ लाख रुपैयाँ बराबरको गैर कानुनी चल अचल सम्पत्ति आर्जन गरेको कसुरमा सोमबार विशेष अदालतमा मुद्दा दायर भएको हो ।
अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उनी विरुद्ध अकुत सम्पत्ति बराबरको बिगो, बिगो बराबरको जरिवाना तथा कैद सजायको मागदावी गरिएको छ ।
अख्तियारले थापाका बाबु कृष्णबहादुर, आमा चन्द्रमाया र श्रीमती विमसा राउत थापा विरुद्ध अनुसन्धानबाट खुलेको गैर कानुनी अकुत सम्पत्ति फिर्ता प्रयोजनका लागि प्रतिवादी बनाएको छ ।
भन्सार जाँच पास परीक्षण कार्यालय, तीनकुने काठमाडौंमा नासु पदमा कार्यरत थापाले पेस गरेको सम्पत्ति विवरण र अनुसन्धान गर्दा खुलेका तथ्यबिच तालमेल नदेखिएको र अनुसन्धान गर्दै जाँदा करिब २ करोड रुपैयाँ बराबरको चलअचल सम्पत्तिको स्रोत नखुलेको अख्तियारका प्रवक्ता भण्डारीले बताए ।
२०५६ साउन ५ मा विचारी पदमा सेवा प्रवेशदेखि २०७५ असार मसान्त सम्मको अवधिमा थापा र उनका परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको, आफ्नो हैसियतभन्दा बढी रकम आफू, बाबु, आमा र श्रीमतीका नाममा घरजग्गा खरिद गर्नुका साथै कम्पनी तथा फर्महरू दर्ता गरी परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको अख्तियारले जनाएको छ ।
अख्तियारका प्रवक्ता भण्डारीका अनुसार उनले परिवारका सदस्यको नाममा विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरू तथा कम्पनीमा संस्थापक एवम् साधारण शेयरहरू उद्योग तथा फर्महरूमा लगानी, विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरूमा मौज्दात एवम् घर निर्माणलगायतमा ३ करोड ८९ लाख ४५ हजार ५ सय ८८ रुपैयाँ खर्च गरेको र २ करोड १ लाख ९८ हजार ४ सय ३९ रुपैयाँको मात्रै स्रोत खुलेको देखिन्छ ।
स्रोत नखुलेको रकमलाई नै अख्तियारले बिगो कायम गरी त्यस बराबरको जरिवाना र कैद सजाय मागदावी गरेर मुद्दा दायर गरेको हो । स्रोत नखुलेको चल अचल सम्पत्ति पनि जफत गर्न अख्तियारले मागदावी गरेको छ ।


















बागमतीमा स्वास्थ्य सेवा सुदृढीकरणः १३ जिल्ला अस्पताल प्रादेशिकमा रुपान्तरण हुँदै
Philippines forces kill 10 Islamist militants in arrest gunfight
लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ
KOICA provides USD 2.5 million for financial access to Korea Returnee Migrants
सभापति चयन गर्न १२ वटा समितिका बैठक हुँदै
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
प्रतिक्रिया