कोकाकोला नेपालले युथ स्पिक फोरमसँगको सहकार्यमा वाइएसएफ २०२२ आयोजना गर्दै

काठमाडौँ । पेय पदार्थ कोकाकोलाले आइसेक नेपालसँगको सहकार्यमा यो वर्ष योथ स्पिक फोरम सञ्चालन गर्दै छ । कोकाकोलाले आइसेकसँग २०१७ देखि सहकार्य गर्न थालेको हो ।
त्यसयता यसले एक्सन फर एसडिजि २०१७, योथ स्पिक फोरम २०१७, २०१९ र २०२१ लगायत अन्य कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यस वर्ष वाइएसएफको मुख्य विषय युवा विकास र उनीहरूको चासोलाई सम्बोधन गर्नु रहेको छ । कोकाकोला नेपालले विगत पाँच वर्षदेखि युवा सशक्तिकरण र दिगो भविष्यको उद्देश्यसहित आइसेकसँग साझेदारी गर्दै आएको छ ।
वाइएसएफ इंगेज विथ आइसेकअन्तर्गतको एउटा कार्यक्रम हो । जसको मुख्य उद्देश्य युवा सशक्तिकरण रहेको छ । यस कार्यक्रमले विभिन्न क्रस सेक्टर र मल्टिजेनेरेसनल स्पेसका युवा नेताहरुलाई विश्वव्यापी मुद्दाहरूको बारेमा छलफल गर्न एकै ठाउँमा भेला हुने अवसर प्रदान गर्छ ।
सशक्तिकरण, सहभागिता र प्रतिबद्धता गरी तीन चरणमा सञ्चालन हुने यो कार्यक्रमले युवाहरुलाई बहस र छलफलका निष्कर्षलाई कसरी कार्यान्वयन गर्न सकिन्छ । र, त्यसमार्फत कसरी दिगो विकासका लक्ष्यहरु हासिल गर्नका निम्ति योगदान दिन सकिन्छ भन्ने विषयमा जोड दिन्छ ।
यस वर्षको युथ स्पिक फोरमको विषय “स्वच्छ भोलिका लागि दिगो फोहोर व्यवस्थापन” रहेको छ । वाइएसएफको तीनै चरणका कार्यक्रमहरु संयुक्त राष्ट्रसंघको सबैका लागि स्वच्छ खानेपानी र सरसफाइको उपलब्धताका साथै यसको दिगो व्यवस्थापन सुनिश्चित गर्ने एवम् दिगो उपभोग र उत्पादन प्रणाली सुनिश्चित गर्ने दुई मुख्य दिगो विकास लक्ष्यहरुमा केन्द्रित हुने छन् ।
कोकाकोलाको “संसारलाई रिफ्रेस गर्ने र हरेक किसिमबाट सकरात्मक परिवर्तन गर्ने” उद्देश्य र आइसेकको “मानवीय क्षमताको पूर्ण सदुपयोग र शान्ति” उद्देश्यसहित यसपालिको योथ स्पिक फोरम सञ्चालन हुँदै छ । जसले यिनीहरु दुवैलाई आफ्नो उद्देश्यको एक कदम नजिक ल्याएको छ ।
















संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ
सिन्धुलीमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते
देववृक्ष उत्पादन गर्दै डिभिजन वन कार्यालय
नेपाल लाइफले भन्यो– दिपक भट्ट र ब्रोकर ५५ सँग कुनै कारोबार छैन
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया