जनकपुरधाममा मेयरका लागि २१ जनाले दिए उम्मेदवारी
काठमाडौँ । आसन्न स्थानीय तह निर्वाचनका लागि जनकपुरधाम उपमहानगरको नगरप्रमुख पदमा विभिन्न दल र स्वतन्त्र गरी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपप्रमुखमा १० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
दोस्रो दिन आज १९ जनाले नगरप्रमुख पदमा उम्मेदवारी दिएका हुन् । आइतबार पहिलो दिन दुई जनाले उम्मेदवारी दर्ता गराएका थिए । उपप्रमुखमा १० जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।
जनकपुरधाम उपमहानगरको नगरप्रमुख पदका लागि पार्टीले टिकट नदिँदा कांग्रेस, एमालेलगायत दलबाट स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन दर्ता गराएका छन् । केही दिनअघि मात्र एमालेमा प्रवेश गरेका जानकीराम साह एमालेबाट पनि टिकट नपाएपछि स्वतन्त्र रुपमै उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
एमालेका बयोवृद्ध नेता रामसेवक यादवले पनि स्वतन्त्र रुपमै उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसका जनकपुरधाम नगरसमिति सभापति मनोज साहले पार्टी परित्याग गरी स्वतन्त्र रुपमा नगरप्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
एमालेले उपप्रमुखमा टिकट नदिएपछि उमेश चौधरीले स्वतन्त्र रुपमा उपप्रमुख पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
















RSP Vice Chair Aryal files nomination paper for HoR speaker
Home Minister visits Gen Z movement injured at hospital
मैत्रीपूर्ण खेलमा सेनाको टोली विजयी
Bullion price: Gold unchanged, silver climbs
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया