शुक्रबार, पुष १८, २०८२

नौ महिनामा झण्डै साढे तीन अर्ब रुपैयाँको धोती कपडा भित्रियो

मेरोन्यूज २०७९ वैशाख १३ गते १६:२९

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो नौ महिनाभित्र विभिन्न देशबाट नेपालमा तीन अर्ब ३१ करोड रुपैयाँको सारी, लुङ्गी र धोती भित्रिएको छ ।

भन्सार विभागका अनुसार २०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिमा उक्त मूल्यको सारी, लुङ्गी र धोती नेपाल भित्रिएको हो ।

पछिल्लो नौ महिनामा विश्वका १६ देशबाट ९० लाख ८३ हजार २१७ थान सारी, लुङ्गी र धोती नेपालले आयात गरेको विभागले जनाएको छ । चीन, जर्मनी, भारत, इण्डोनेसिया, नेदरल्याण्ड्स, थाइल्याण्ड, नामिबिया, अष्ट्रेलिया, बंगलादेश, मलेसिया, कतार, सिंगापुर, श्रीलंका, युनाइटेड अरब इमिरेट्स र बेलायतबाट ती कपडा भित्रिएको हो ।

नेपालमा सबैभन्दा बढी सारी भारतबाट आउने गरेको छ । बितेको नौ महिनामा भारतबाट तीन अर्ब २४ करोड ३२ लाख ६७ हजार रुपैयाँको ८८ लाख ८४ हजार ८८० थान सारी, लुङ्गी र धोती नेपाल आएको छ ।

गत आर्थिक वर्ष तीन अर्ब ५४ करोड रुपैयाँको ९१ लाख ९४ हजार ६६३ थान सारी, लुङ्गी र धोती नेपाल भित्रिएको थियो ।

प्रतिक्रिया