नौ महिनामा झण्डै साढे तीन अर्ब रुपैयाँको धोती कपडा भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो नौ महिनाभित्र विभिन्न देशबाट नेपालमा तीन अर्ब ३१ करोड रुपैयाँको सारी, लुङ्गी र धोती भित्रिएको छ ।
भन्सार विभागका अनुसार २०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिमा उक्त मूल्यको सारी, लुङ्गी र धोती नेपाल भित्रिएको हो ।
पछिल्लो नौ महिनामा विश्वका १६ देशबाट ९० लाख ८३ हजार २१७ थान सारी, लुङ्गी र धोती नेपालले आयात गरेको विभागले जनाएको छ । चीन, जर्मनी, भारत, इण्डोनेसिया, नेदरल्याण्ड्स, थाइल्याण्ड, नामिबिया, अष्ट्रेलिया, बंगलादेश, मलेसिया, कतार, सिंगापुर, श्रीलंका, युनाइटेड अरब इमिरेट्स र बेलायतबाट ती कपडा भित्रिएको हो ।
नेपालमा सबैभन्दा बढी सारी भारतबाट आउने गरेको छ । बितेको नौ महिनामा भारतबाट तीन अर्ब २४ करोड ३२ लाख ६७ हजार रुपैयाँको ८८ लाख ८४ हजार ८८० थान सारी, लुङ्गी र धोती नेपाल आएको छ ।
गत आर्थिक वर्ष तीन अर्ब ५४ करोड रुपैयाँको ९१ लाख ९४ हजार ६६३ थान सारी, लुङ्गी र धोती नेपाल भित्रिएको थियो ।

















धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर
Slight increase in gold, silver prices
समानुपातिकमा १ करोड ४ लाख मतगणना
सूर्यमुखी बगानले बढायो कृषि पर्यटन
सुनचाँदीकै मुल्यमा व्यापक वृद्धि
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
प्रतिक्रिया