आइतबार, वैशाख ६, २०८३

नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं

मेरोन्यूज २०८२ फागुन २३ गते १७:४९

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा गत बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचन सफल र शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा नेपालका जनता तथा सरकारलाई बधाई दिएका छन्।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

सामाजिक सञ्जालमार्फत आज प्रधानमन्त्री मोदीले नेपाली नागरिकले उत्साहका साथ आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गरेको देखेर खुसी लागेको बताएका छन्।

‘नेपालमा निर्वाचन सफल र शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा नेपालका जनता तथा सरकारलाई म हार्दिक बधाई दिन्छु। मेरा नेपाली दिदीबहिनी तथा दाजुभाइहरूले आफ्ना लोकतान्त्रिक अधिकारलाई यति उत्साहका साथ प्रयोग गरेको देख्दा अत्यन्त खुसी लागेको छ’ उनले भनेका छन् ।

मोदीले यो उपलब्धिलाई नेपालको लोकतान्त्रिक यात्राको महत्वपूर्ण क्षणका रूपमा उल्लेख गरेका छन्। उनले भने,‘यो ऐतिहासिक उपलब्धि नेपालको लोकतान्त्रिक यात्रामा गर्व गर्नलायक क्षण हो।’

भारत र नेपालबीचको सम्बन्धबारे उल्लेख गर्दै उनले आगामी दिनमा पनि सहकार्य जारी रहने विश्वास व्यक्त गरेका छन्।

उनले भने,‘नजिकको मित्र र छिमेकीका रूपमा भारत नेपालका जनता तथा नयाँ सरकारसँग मिलेर साझा शान्ति, प्रगति र समृद्धिलाई नयाँ उचाइमा पुर्‍याउन नजिकबाट सहकार्य गर्न प्रतिबद्ध रहनेछ।’

प्रतिक्रिया