बिहीबार, माघ १५, २०८२

मोटरसाइलक दुर्घटनामा तीन जनाको मृत्यु

मेरोन्यूज २०७९ वैशाख १३ गते १८:०३

काठमाडौँ । धनुषामा दुर्घटना परेर तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुर उपमहानगर ४ का १९ वर्षीय सुमित टिण्डेवाल र पहिचान नखुलेका अन्य दुई जना छन् ।

प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीका अनुसार सोमबार राति क्षिरेश्वरनाथ नगरपालिका ५ सिन्धुलीटोल सडक छेउमा रोकिएको ना २ ख ८६२४ नम्बरको ट्रकमा तीन जना सवार लु ८३ प ८६५१ नम्बरको मोटरसाइकल ठोक्किँदा उक्त दुर्घटना भएको हो ।

गम्भीर घाइते तीनै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको थियो । उनीहरूको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया