बुधबार, माघ १४, २०८२

गण्डकी ४ को वडाध्यक्षमा सञ्चारकर्मी पन्तले दिए उम्मेदवारी

मेरोन्यूज २०७९ वैशाख १३ गते १८:१९

गोरखा । जिल्लाको गण्डकी गाउँपालिका ४ को अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा)बाट सञ्चारकर्मी सुजन पन्तले उम्मेदवारी दर्ता गराएका छन् ।

विगत लामो समयदेखि सञ्चार क्षेत्रबाट समाजमा परिवर्तनकारी भूमिका खेल्दै आएका पन्तले असन्न निर्वाचनका लागि वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।

सञ्चारकर्मी पन्तलाई जसपा गोरखाले सर्वसम्मत वडाध्यक्षको लागि सिफारिस गरेको थियो । सञ्चार क्षेत्रमा सँगै विभिन्न सामाजिक सेवामा सक्रिय रहेका उनी स्थानीय तहमा चर्चित युवाका रुपमा परिचित छन् ।

प्रतिक्रिया