बिहीबार, माघ १५, २०८२

विप्लवको पार्टीमा फुट :

धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वली पदमुक्त

मेरोन्यूज २०७९ वैशाख १४ गते ११:४४


काठमाडौं । नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले पार्टीका दुई जना नेतालाइ पार्टी जिम्मेवारीबाट पदमुक्त गरेका छन् । पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला (कञ्चन) र हेमन्त प्रकाश वली (सुदर्शन)लाई विप्लवले पदमुक्त गरेका छन् । फुटपरस्त गतिविधि गरेको आरोपमा विप्लवले उनीहरूलाई पदमुक्त गरेका हुन् ।

पार्टी निर्णय विरुद्ध स्थानीय तह चुनावमा उम्मेदवारी दिएको भन्दै सचिवालय सदस्य बास्तोलाले आइतबार वक्तब्य दिएर उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । तर त्यसलाई पार्टी निर्णय विपरित वक्तब्य भन्दै विप्लवहरुले प्रतिवाद गरेका थिए । निर्वाचन उपयोग गर्ने /नगर्ने विषयमा विप्लवको पार्टीमा विवाद बढेको थियो । यही विवादका कारण नेकपा फुटको स्थितीमा पुगेको हो । विप्लव, प्रकाण्ड चुनाव उपयोगको पक्षमा छन् । धर्मेन्द्र, हेमन्त भने निर्वाचन उपयोगको विपक्षमा छन् ।

प्रतिक्रिया