हेमन्तप्रकाश वलीसँग कुराकानी
विप्लवसँग अब सँगै जान सकिदैन, उहाँहरुले पार्टी फुटाउनुभयो

(हेमन्तप्रकाश वली (सुर्दशन) नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका केन्द्रीय सचिवालय सदस्य थिए । तर महासचिव विप्लवले बैशाख १४ मा एक बक्तब्य दिएर वली र अर्का सचिवालय सदस्य धर्मेन्द्र बास्तोला (कञ्चन)लाई पार्टीमा फुटपरस्त गतिविधि गरेको आरोपमा अनिश्चितकालका लागि पार्टीका सम्पूर्ण जिम्मेवारीबाट पदमुक्त गरेको घोषणा गरे । विप्लवको यो बक्तब्यले नेकपा औपचारिक फुटको घोषणा नभएपनि विभाजन भएको छ । बुधबारबाटै छलफलका लागि आफु निकट नेता तथा कार्यकर्तालाई वलीले बोलाएका छन् । अव विप्लवसँग सँगै जान सकिदैन, के गर्ने छलफलबाट धारणा तय गर्ने उनले बताएका छन् । प्रस्तुत छ वलीसँग मेरेन्यूजले गरेको कुराकानी 🙂
० तपाईहरुको जिम्मेवारी महासचिवले खोस्नुभयो, अनिश्चितकालका लागि सवै जिम्मेवारीवाट मुक्त गरेको महासचिवको बक्तब्य आयो, यसमा तपाईको टिप्पणी के छ ?
हामीले पार्टीभित्र देखा परेको अन्तरविरोधका विषयमा अझै छलफल गरौं, एउटा निर्णयमा साझा सहमति खोजेर जाऔं भन्दै आएका थियौं । तर उहाँहरुले नै यो खालले निहुँ खोजेपछि अब हामी पनि भोलितिर बस्दै छौ, त्यसपछि नै यसको हामी जवाफ दिन्छौं ।
० पार्टी भित्र स्थानीय तहको चुनाव उपयोग गर्ने, नगर्ने विषय विवादको विषय हो भन्ने तपाईहरुको तर्क थियो । तर विप्लवको बक्तब्यमा यो निमिक्त र वाहनाको विषय मात्र हो, समस्याको चुरो कुरा प्रतिवन्ध अगाडी तपाईको सांगठनिक र आर्थिक विषयसँग पनि जोडेर उल्लेख गर्नुभएको छ, यसमा तपाईको टिप्पणी के हुन्छ ?
यो पो हो वाहनाबाजी त । पहिला केही पनि थिएन । प्रतिवन्ध पहिला केही पनि थिएन । प्रतिबन्ध हटेर म रिहाईभएपछिको एक दुई महिनासम्म पनि मैले लामो अध्ययन गरे । कुन बाटो हामी जान खोज्दैछौं भनेर । उहाँहरुको सवै अध्ययन गरेपछि त्यक्तिबेलै मेरो निश्कर्ष थियो, उहाँहरु संसदवादी तरिकाले सोच्न थालिसक्नुभएको थियो । ३ बुँदे सँगै उहाँहरुले त्यसरी सोच्न थालिसक्नु भएको रहेछ । यो सैद्धान्तिक रुपले गलत भयो । हामी जाने बाटो कुन हो ? बैज्ञानिक समाजवाद भन्ने तर त्यता जाने बाटो यतातिरबाट त हुँदैन । संसदीय ब्यवस्थाबाट जान त सकिदैन । यसैका विरुद्द विद्रोह गरेको होइन र, हामीले प्रचण्डहरुसँग ? अहिले त्यो वाहना हो, निमिक्त कारण हो भनेर उहाँले जे भन्न खोज्नुभएको छ, त्यो गलत कुरा हो । मुख्य कुरा कार्यनीतिसँग जोडिन जान्छ । त्यसको पूर्ण सैद्धान्तिक श्रृंखला छ ।
० उहाँहरु कुन बाटोमा जान खोज्नुभएको हो ? तपाईहरुको बुझाई के हो ?
उहाँहरु संसदीय बाटोमा । अर्थात घुमिफिरी रुम्जाटारको बाटो हो उहाँहरुको । उहाँहरुले जुनसुकै बाहनाबाजी गरेपनि जाने ठाँउ त्यहाँ हो । त्यसका लागि हेर्नुस त पुरै योजना बनाउनु भएको रहेछ । केन्द्रीय सदस्य चुनावमा उठाउने होइन, पार्टीले भाग लिने होइन भनेर आफै उहाँले भन्नुभएको छ । लेख्नुभएको आफैले हो । त्यसको मसी सुक्न नपाउँदै उहाँहरुले केन्द्रीय सदस्यलाई जोरजुलुम गरेर चुनावमा उठाउनुभयो ।
० तर चितवनको केन्द्रीय प्रशिक्षणसम्म आउँदा र त्यहाँ भएको बैठकले यसको वुझाईमा एकरुपता ल्याइएको थियो रे नी त ?
त्यहाँ एकरुपता आएको नआएको विषय त्यो रेकर्ड नै छ त । साथीहरुले रेकर्ड गरेका छन् । सन्तोष वुढाले शुरुमै विषय राख्दा जे पहिला चुनावसम्वन्धी महासचिवको धारणा थियो, त्यो अनुसार राख्नुभयो । मैले सन्तुलनमै राखेको थिए । कञ्चन (धर्मेन्द्र बास्तोला)कमरेडले स्पष्टसँगै राख्नुभएको थियो । यो यो भएको हो भनेर । उहाँले सुनाईदिनुभएको थियो । विप्लवहरुले बरु लुकाउन खोज्नुभएको थियो । केन्द्रीय सदस्यहरु जिल्ला कमिटिका सदस्यहरुले चुनावमा भाग लिन हुँदैन । त्यो भयो भने पार्टी संसदबादमा जान्छ भनेर प्रष्टसँग हामीले कुरा राखेका थियौं । तर विप्लवले के पनि भन्नुभएको थियो भने, हाम्रो यो पार्टी एरियास्तरको पार्टी पनि रैनछ, यसले कुरा वुझेन । कुरा वुझेको हुन्थ्यो भने म यस्तो बनाईदिन्थे की, हरेक चोक चोकबाट रन्जु दर्शना निकाल्ने थिए । अव हाम्रो पार्टीका महिला कमरेडहरु हुनुहुन्छ, उहाँहरु चँही रन्जु दर्शना निकालिदिनुहुन्थ्यो । त्यो कुरा गर्नुभयो ।

विप्लवले के पनि भन्नुभएको थियो भने, हाम्रो यो पार्टी एरियास्तरको पार्टी पनि रैनछ, यसले कुरा वुझेन । कुरा वुझेको हुन्थ्यो भने म यस्तो बनाईदिन्थे की, हरेक चोक चोकबाट रन्जु दर्शना निकाल्ने थिए । अव हाम्रो पार्टीका महिला कमरेडहरु हुनुहुन्छ, उहाँहरु चँही रन्जु दर्शना निकालिदिनुहुन्थ्यो । त्यो कुरा गर्नुभयो । चुनाव प्रयोग किन गर्न खोजेको भन्नेकुरालाई जोड दिएर केन्द्रीय समितिको निर्णयलाई उहाँले साहायक बनाउनुभयो । त्यसको अर्थ उहाँ सैद्दान्तिक रुपले भन्दा सारसंग्रहबादी हुनुहुन्छ ।
चुनाव प्रयोग किन गर्न खोजेको भन्नेकुरालाई जोड दिएर केन्द्रीय समितिको निर्णयलाई उहाँले साहायक बनाउनुभयो । त्यसको अर्थ उहाँ सैद्दान्तिक रुपले भन्दा सारसंग्रहबादी हुनुहुन्छ । त्यही देखा परयो । यो ठाँउसम्म आईपुग्दा सांगठिनक रुपले उहाँहरु निषेधवादी हुनुहुन्छ । महाधिवेशनबाट चुनिएका ६५ जनामा ३४ जना बाहिर गईसकेका छन् । यो खालको स्थिती छ । यो भनेको निषेधवादी तरिकाले जाने कुरा हो । मजदुरमा त्यही छ । पत्रकारको संगठनमा त्यही छ । भएकालाई उहाँहरुले लेखेटनु भयो । आफ्ना भाडाका टट्टुहरु मात्रै राख्ने स्थिती पार्टीमा बन्यो । यो सवै तपाईले हेनुभयो भने उहाँहरु समग्र रुपले हामीले धेरै कुरा बाहिर भनेका छैनौं, महाधिवेशनमा तयार पारेको दस्ताबेज पनि हामीसँग छ । त्यसमा सवै सैद्धान्तिक मान्यताहरु उहाँले छोडनुभएको छ । चुनावी मानसिकतामा मुखरित हुनुभएको छ । उहाँले आफनो वुकलेटमा के पनि लेख्नुभएको छ भने सवै समाजवादी भन्नेहरु केपी ओली, माधव नेपाल, उपेन्द्र यादव , प्रचण्ड सवैले समाजवाद भन्छन्, सवै मिलेर हामी संसदमा जाऔं, संसदमा मिलौं र बैज्ञानिक समाजवाद त्यहीबाट ल्याऔं भन्ने छ अहिले उहाँको ।
ति सवै कुराले संसदमा जाने कुरा नै प्रमुख बनाएर जानु भएको छ उहाँ । तर वाहिर छदम ढंगले उहाँले कोसिस गर्नुभएको छ । त्यसकारण त्यो कुरा पछि गरौला भनेका हौं हामीले । आउँदै जाँदा उहाँहरु एक्सपोज हुनुभयो चुनावमा । त्यसकारण वाहनाबाजी होइन । यो सैद्दान्तिक राजनीतिक कुरा हो । अहिले जति पनि गएका छन्, ति कोही फर्केका छैनन । त्यहाँ गएर क्रान्तिको तयारी गरेको खोई ? छैन त । प्रचण्डले गरेको खोई ? केपी ओलीले गरेको खोई ?
० तीन बुँदेभित्र पनि अरु अन्तरनिहित विषय या हिडेन सम्झौताहरु छन् भन्ने तपाईहरुलाई आशंका छ ?
गत साल ओली नेतृत्वको सरकारसँग तीन वुँदे सम्झौता बाहिर देखाउने भयो । तर त्यसभित्र थुप्रै कुराहरु रहेका छन् । त्यहाँ सम्झौता गर्दा अहिलेसम्म साथीहरु ननिस्कनुमा त्यही भएर हो । ३ वुँदेमा केही न केही अमूर्त कुरा राखिएका छन् । सम्झौताको शुरुकै वुँदामा नेपालका राजनीतिक समस्याको समाधान वार्ता र सम्वादद्दारा गर्ने भनेपछि त्यहीभित्र विषयहरु लुकेका छन् ।
अर्काे उहाँहरुले जनमत संग्रहको कार्यनीति ल्याउनुभयो । त्यो कार्यनीतिमा पनि केही छलफल भएकै छैन । न सरकारसँग कुनै औपचारिक स्तरमा छलफल भएको छ, न पार्टीभित्रै छलफल छ । न साथीहरु निस्केका छन् । ब्यवस्थाको चुनाव गरौं भन्दा उही पूरानै ब्यवस्थाको चुनावमा जाने भएपछि हामीले त्यक्तिवेला विद्रोह गरेको के फाइदा भयो ? त्यो प्रश्नहरु छन् ।
महाधिवेशनमा तयार पारेको दस्ताबेज पनि हामीसँग छ । त्यसमा सवै सैद्धान्तिक मान्यताहरु उहाँले छोडनुभएको छ । चुनावी मानसिकतामा मुखरित हुनुभएको छ । उहाँले आफनो वुकलेटमा के पनि लेख्नुभएको छ भने सवै समाजवादी भन्नेहरु केपी ओली, माधव नेपाल, उपेन्द्र यादव , प्रचण्ड सवैले समाजवाद भन्छन्, सवै मिलेर हामी संसदमा जाऔं, संसदमा मिलौं र बैज्ञानिक समाजवाद त्यहीबाट ल्याऔं भन्ने छ अहिले उहाँको ।
० अब सँगै जाने स्थिती रहन्छ की रहँदैन ?
होइन, अब सँगै जाने स्थिती कमै देखा परयो । अव जान सकिने स्थिती हुँदैन । उहाँहरुले यस किसिमले कारवाहीमा उत्रने, वैचारिक राजनीतिक छलफल, वहस हुँदा हुँदै हामीले फेरि थवाङको आठौं महाधिवेशनमा के भनेका छौं– हाम्रो क्रान्ति राजनीतिक क्रान्ति, सास्कृतिक क्रान्तिको समायोजन हुनेछ भनेर भनेका छौं । सास्कृतिक क्रान्ति भनेको यदि लिडरसिपले मानेन, निर्णयहरु पालना गरेन, अथवा सर्वहारा वर्गको हितका निम्क्ति अगाडी बढ्न सकेन, श्रमजीवि वर्गको हितको निम्क्ति अगाडी बढ्न सकेन भने आम जनताको वीचमा पनि नेताहरुको अनुहार देखाउने कुरा हो । हामीले त्यही गरेको हो ।
फेरि हामी वाहिर गएका थिएनौं । प्रकाण्ड कमरेड आएर हत्तनपत्त वाहिर जानुभयो । निर्वाचन आयोग जानुभयो, चुनावमा जाने मात्र होइन, मोर्चा कसेर जाने हो भन्नुभयो । जवकी हामीले निर्णय के गरेका छौं भने, पार्टी चुनावमा जाँदैन भनेर निर्णय गरेका छौं, उहाँले त अझ म्याद सार्न कोसिस गर्नुभयो । तपाईले मात्र गर्नुभएको हो ? भन्दा फेरि यसमा विप्लवजी आफैले भन्नुभयो, मेरै सल्लाहमा जानुभएको हो । उहाँहरु दुवै जनाले गठबन्धन गरेर जे गर्नुभयो त्यही कुरा हो ।
० अब पार्टी फुट्यो भनेर वुझदा हुन्छ ?
हामी अब छलफल गदैछौं । हामीलाई म्यान्डेट पनि प्राप्त भएको छ । विचारधारात्मक सर्वाेच्चता कायम भएको छ । त्यस आधारमा हामी अगाडी वढछौं ।
० कहिलेसम्म तपाईहरुको धारणा सार्वजनिक हुन्छ ?
हामी दुई तिन दिनभित्रै एउटा धारणा ल्याईसक्छौं । साथीहरु सवैलाई बोलाएका छौं । सरसल्लाह गरेर जानेछौं ।
० मोहन वैध सँग एकता भएर जाने सम्भावना हुन्छ ?
उहाँहरु सित पार्टी एकताको लागि छलफल गर्न नसकेको कारण उहाँहरु नै हो । हामी काहाँ पुग्छौं भनेर उहाँहरुले हिसावकिताव गर्नुभयो । नेतृत्वको नीतिमा छलफल हुन सक्दैन, अरुमा केही छ भने गरौं भनेर प्रस्ताव गरेपछि एकताको ढोका बन्द भएको हो । हामी ढोका बन्द गदैनौं । सवै क्रान्तिकारीहरुसँग छलफल गरेर एकता गरेर जाने नीति हामीले पार्टीमा राखिरहेका हौं । अब पनि राखिरहन्छौं ।
















ओली केही दिन अस्पतालमै रहने
नाडा प्रतिनिधिमण्डल र अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बरालबीच भेटवार्ता
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ
नेशनल लाईफले दियो अभिकर्ताहरुलाई १ दिने तालिम
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया