विदेसिएका नेपालीको पीडा बुझने कस्ले ?

‘राजनीतिमा होमिन नचाहनेले आफु भन्दा असक्षमहरूबाट शासित हुने सजायँ पाउँछन् ।’-प्लेटो
नेपाल भुपरिवेष्ठित तथा प्राकृतिक सौर्न्दर्यताले भरिपूर्ण देश हो । यहाँ अनेकतामा एकता रहेको कुरा सर्बसम्मत नै छ। यस अवस्थामा देशको अर्थव्यवस्था र प्राकृतिक स्रोत साधनको अन्तर सम्बन्ध पनि के कस्तो रहेको छ भन्ने कुरा देशको आवश्यकता र अवस्थालाई अध्ययन गर्न जरुरी हुन्छ। यस्तो परिपेक्षमा देशमा रहेको प्राकृतिक साधन वन सम्पदा, खनिज सम्पदा, जल सम्पदा लगायत यहाँको जैविक विविधता, जुन जैविक विविधतामा नेपाल विश्व को २५ औँ स्थान र एसियाको ११ औँ स्थानमा पर्दछ, यस्ता विविध सम्पदालाई उपयुक्त रुपमा प्रयोग गरेर नेपालको आर्थिक विकासलाई अगाडि बढाउन सकेमा देशको आर्थिक अवस्था मजबुत बन्नुका साथै दिगो विकासले पनि गति लिन्छ। समाज एकै दिनमा त परिवर्तन हुँदैन १हाम्रो इच्छाशक्ति र तयारीमा भर पर्छ ।राज्य सँगसँगै सिंगो समाज मिलेर त्यस्ता विभेद हटाउन पहल गर्नु जरुरी छ । समाजको मानसिकता परिवर्तनको दियो युवाहरू मात्र हुन् सक्छन्,!
नेपालको राजनीतिमा प्रशिक्षित युवाको ठूलो खडेरी छ !
भनिन्छ राजनीतिमा लागेपछि व्यक्तिको विकास हुन्छ तर देशको बिकास हुँदैन। खर्चिलो र भड्किलो निर्वाचन प्रणालीको अन्त्य, गरौ १ नेपालको राजनितिक स्थिति कुन दिशामा जाँदैछ हामी देख्न सक्छौँ । नेपालको इतिहासका गौरवमय गाथा पल्टाउने हो भने हरेक राजनीतिक आन्दोलनमा युवाहरुको योगदान अतुलनीय देखिन्छ । देशको शासन व्यवस्था परिवर्तन देखि लिएर हरेक खाले क्रान्ति र बदलावको अग्रमोर्चाहरुमा युवा वर्गको त्याग, बलिदान, संघर्ष र सहभागिता अतुलनीय रहदै आएको छ तरपनि हाम्रो देशमा परिवर्तित व्यवस्थाको व्यवस्थापक बन्ने अवसर अहिलेसम्म युवा वर्गले पाउन सकेका छैनन् !
युवा पीढ़ी नेताको वरिपरि घुम्ने र चाकडी चाप्लुसी गर्ने व्यक्तिले जिम्मेवारी पाउने होइन कि क्षमताका आधारमा जिम्मेवारी दिने संस्कारको विकास गर्न जरुरी छ १ देशमा लाखौ युवाले आफ्नो मतदातापत्र बनाएकै हुँदैनन् । ‘मेरो भोटले अर्थ राख्दैन’ भन्ने भावले युवालाई राजनीतिबाट टाढा बनाउँदै छ । दलको झण्डा बोक्न र आफ्नो गुटको नेताको बचाउ गर्न जे पनि गर्ने अनि नागरिकको जिम्मेवारीमा पर्ने सामान्य जिम्मेवारी समेत बहन नगर्ने युवा जमातलाई कसरी सचेत युवा भन्ने रु उनीहरूले देश बनाउँछन् भनेर कसरी पत्याउने रु युवाले राजनीतिलाई कमाइखाने भाँडो बनाउने होइन, आफ्नो खुट्टामा उभिन सक्ने युवा नेतृत्व देशले खोजिरहेको छ । परिवर्तन गर्ने र राजनीतिमा नयाँ अध्यायको सुरुवात गर्ने हो भने सक्षम युवा राजनीतिमा आउनुको विकल्प छैन १ समस्या एउटा सक्षम युवालाई पार्टीमा जोडिन सजिलो छैन । आफूभन्दा क्षमता नभएको, नेतृत्व कुशलता नभएको, चाकरी गरेर नेता बनेका मानिसलाई नेता मानेर एउटा निष्ठावान् युवा कसरी राजनीति गर्न सक्छ रु युवाहरूका लागि प्रेरणाको स्रोत के हो रु उनीहरूले के सिक्ने, अनुभव गर्ने अवसरहरू कहाँ छन् रु तिनलाई उद्वेलित बनाउन के कस्ता तत्त्वहरू आवश्यक छन् रु विदेशमा श्रम गरिरहेका, गर्न बाध्य लाखौँ युवालाई आफ्नो जिन्दगी नै यस्तै हो भनेर आफ्नै पुर्पुरो ठोकेर चालीस कटेसी रमाउँला गीतमा मग्न हुने नै होइन, आफ्नो जिन्दगी यस्तो बनाइदिएकामा राज्य संयन्त्र र यसका हर्ताकर्तालाई प्रश्न गर्ने हो भन्ने अवस्थामा कसरी पुर्याउने ?
राणाकाल, पञ्चायतकाल, बहुदल तथा गणतन्त्र प्राप्तिसम्मका विभिन्न क्रान्तिहरुमा १६ देखि २५ सम्मका विद्यार्थी र युवा नै हुन् । समय र देशको आवश्यकता अनुरुप युवा राजनीतिमा बढी जोड दिनुपर्ने हुन्छ । किनभने सामाजिक, राजनीतिक, आर्थिक, मनोवैज्ञानिक, समसामयिक घटनाक्रम आदि जस्ता ज्वलन्त पक्षको आवश्यकता पर्ने यी विविध पक्षहरु मध्येको एक प्रमुख पक्ष हो राजनीति जसलाई समाजको ऐना भनिन्छ । राजनीति फोहरी खेल हो भन्दै पन्छिने होइन, फोहर पोखरीभित्र पसेर सफा गरेर निस्कने आँट युवावर्गमा हुनुपर्छ । पोखरी बाहिर बसेर फोहर भयो भनी कराएर हुँदैन । मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक विकास निर्माणलगायत हरेक क्षेत्रमा युवावर्गको नेतृत्वदायी र हस्तक्षेपकारी भूमिका हुनुपर्दछ । युवाहरुलाई भविष्यको कर्णधार भनिन्छ तर युवाहरुको राजनीतिमा चासो नभएको देखिन्छ । देश चलाउन कपाल नै फुल्नुपर्ने ७०काटेको उपयुक्त उमेर होइन । अब नेपाली युवाहरुले राजनीतिक संस्कारमा परिवर्तन ल्याउनुपर्छ । नेपालका शीर्षस्थ नेतृत्वले युवालाई आन्दोलन, संघर्ष, तोडफोड, सभा–सम्मेलन, शक्ति प्रदर्शन, प्रतिरोध जस्ता कामहरुमा केवल एउटा साधनको रुपमा प्रयोग गर्छन तर युवाहरुको नेतृत्व विकासको सवालमा पछाडि पार्ने दुष्प्रयास एवं कुचेष्टा गर्छन । खोल तर्न प्रयोग गरेको छडीरलठ्ठी खोला तरेपछि किनारामा अलपत्र फाल्ने बानी नै परेको छ । भाषण र गफ जतिनै राम्रो गरेतापनि अधिकांश शिर्षत नेताहरुलाई युवा वर्गको आलोचनात्मक चेत मन पर्दैन ।राजनीतिक व्यवस्था फेरिए तर युवाहरुको अवस्था फेरिएको छैन !
पार्टीले जनतालाई दुरदर्शी योजना सहितका घोषणा पत्र बनाउने र बाड्ने अनि चुनाव जित्ने र जितिसकेपछि कुवामा बस्ने र कुवाको पानीमा मात्र माछा पौडिने कार्यको फलस्वरूप देशको अवस्था यस्तो बन्न पुग्यो। जुन कुनै पनि पार्टीका नेताले बनाएका घोषणा पत्र सबै लागू हुने हो भने न देशमा बेरोजगारी हुन्छ, न देशमा गरिबी रहन्छ, उद्योगधन्दाको व्यापक विकास हुन्छ। प्राकृतिक स्रोत साधनको उचित उपयोग हुन्छ, कृषिको विकास हुन्छ भने पूर्वाधारको विकास पनि व्यापक हुन्छ आदि।दुःखत कुरा ( बहुसंख्यक आम जनताको आर्थिक स्थिति अत्यन्तै नाजुक र दिनानुदिन झनझन तल तल झर्दै गएको आजको यथार्थ वास्तविकता हो ।
आज रोजगारीको खोजीमा दिनको सरदर २ हजारको दरले हाम्रो ऊर्जाशील यूवा शक्ति बिदेश पलायन हुन बाध्य हुनुले यही तीतो सत्य कुरालाई दर्शाउँदछ ! यसरी रोजगार शिलसिलामा विदेशिने नेपाली कामदारहरूको संख्या बृद्धि सँगसँगै वैदेशिक रोजगारको क्षेत्रमा विभिन्न विकृतिहरू पनि देखा पर्दै आएका छन
वैदेसिक रोजगार मानिसहरु रहरले गएका हुँदैनन । देशभित्रै रोजगारीको अवसर सिर्जना हुन नसक्दा घर ब्यवहार केही हदसम्म सुखद बनाउन सकियोस भनेर मान्छेहरु रोजगारीका लागि विदेसिने गरेका हुन्छन् । वैदेसिक रोजगारीमा जाने बेला देखि विदेसमा भोगिएका अनेक खाले दुख कष्ट र हन्डर सम्झने हो भने आङ र्नै सिरिङ हुने गर्छ ।
शुरुमै कतिपय म्यानपावरबाटै ठगिएका हुन्छन् । म्यानपावरबाटै हुने विकृतिले बैदेसिक रोजगारीलाई कति सहज बनाउन सकिन्छ भन्ने केही चित्र कोरिएको हुन्छ । म्यानपावरहरूवाट हुने ठगी विकृतीहरू मध्य एक प्रमुख हो । सो वाहेक वैदेशिक रोजगारीको क्रममा दूर्घटना लगायत अन्य कारणबाट मृत्यु हुने, अंगभंग हुने, फौजदारी अभियोगमा जेल सजाय पाउने, गम्भिर प्रकृतिका रोगबाट पीडित हुने, दुर्घटना पश्चात आवश्यक क्षतिपुर्ति नपाउने, प्रकृया पुरा नगरि गैर कानुनी तरिकाले रोजगारीका लागि जाने, जस्ता समस्याहरूमा समेत वृद्धि हुँदै गएको छ । कति युवाहरू वैदेशिक रोजगारीको लहडले गर्दा घरखेत गुमाएर आत्महत्या गर्न बाध्य भएका छन्
सबै नेपाली युवाको एउटा जागिर खोज्ने र आफ्नो परिवार तथा आफ्नै लागि आरामदायी जीवनको सुरक्षा गर्ने सपना हुन्छ । यो लगभग सबै व्यक्तिको साझा ‘सपना’ पनि हो । युवायुवती रोजगारीका लागि सहर र वैदेशिक रोजगारीमा गएपनि गाउँको अवस्था भने अझ डामाडोल बनेर गएको छ । रोजगारीका लागि बसाइँसराइ गर्नेहरूको एउटा साझा लक्ष्य भनेकै आर्थिक उन्न्ती हो । तर, यसले निम्त्याउने असरहरू अझै कहालीलाग्दा छन् । अधिकांश गाउँ युवाविहीन छन् । जसले गर्दा सामाजिक, सांस्कृतिक निरन्तरतामा त कठिनाइ आएकै छ भने विकासका कामहरूमा समेत अवरोध पुगेको छ ।
दस वर्षे सशस्त्र जनयुद्धदेखि पहिलो र दोस्रो जनआन्दोलन, विभिन्न मधेस, थरुहट आन्दोलनदेखि जनजाति सबै खाले आन्दोलन, जहिल्यै युवाहरू नेतृत्वको अग्रपंक्तिमा रहेका छन् । ती आन्दोलन युवाहरूको रगत-पसिना बगेकाले सफल भए । युवाहरू चलायमान भएको युगले मात्र यथास्थितिबाट अग्रगामी छलाङ मारेको विश्वव्यापी उदाहरणहरू प्रशस्तै छन् । हाम्रै लोकतन्त्रीकरणको इतिहास फर्केर हेर्ने हो भने २००७ को क्रान्ति सम्पन्न गर्दा बीपी कोइराला ३६ वर्षका मात्रै थिए । उनी ३७ वर्षमा मुलुकको गृहमन्त्री बनेका थिए ।
कम्युनिस्ट घोषणापत्र लेख्दा कार्ल माक्र्स ३० वर्षका थिए । आधुनिक नेपाल एकीकरणको अभियान थाल्दा पृथ्वीनारायण शाह पनि २१ वर्षका थिए । कृष्णप्रसाद भट्टराई ३५ वर्षको उमेरमै पहिलो सभामुख भएको इतिहास छ । उदाहरणका रूपमा भनौं भने युवा विद्यार्थी अवस्था बाटै दलगत राजनीतिमा प्रवेश गरेका कार्ल माक्स, माओ, लेनिन, नेल्सन मन्डेला जुन उहाँ विश्वमै राजनीतिका विज्ञ भनेर चिनिन्छ । नेपालका युवा नेता वि.पि., पुष्पलाल, मदन भण्डारी र प्रचण्ड , केपी ओली शर्मा ,डाक्टर बाबुराम भट्टराई , गगन थापा ,योगेश भट्टराई इत्यादि लगायतका नेपाली नेताले पनि विद्यार्थी युवा कालबाटै नै समाज र देश रुपान्तरणको सपना हेरेका र गरेका पनि प्रख्यात इतिहास भेटिन्छन् । अहिले पनि विभिन्न देशमा भएका आन्दोलन हेर्ने हो भने युवाहरूले नै नेतृत्व लिएका छन् ।

अहिले पनि युवाहरूलाई कमजोर आँक्ने र मुख्य काममा विश्वास नगर्ने मानसिकता समाजदेखि राजनीतिक पार्टीहरूसम्म जब्बर रूपमा बसेको छ । यसो हुनु भनेको तिनले युवा पुस्तालाई उपयोग गर्ने रणनीति मात्रै हो ।
इतिहासका हरेक परिवर्तन युवाहरूको जोश, सुझबुझ र नेतृत्वबाट मात्र सम्भव भएका छन् । चाहे त्यो जहाँनिया राणा शासन ढाल्न होस् वा निर्दलीय पञ्चायत व्यवस्थाको अन्त्य होस् । नेतृत्व भनेको कुनै उपाधि वा पदमात्रै होइन । नेतृत्व भनेको अरूलाई प्रेरणा दिएर, आफू स्वयं उदाहरण बनेर, आफ्नो दायाँ–बायाँ भएका व्यक्तिहरूलाई समेटेर सँगै काम गर्दै सामूहिक लक्ष्यमा पुग्नु हो । उदाहरणका लागि, महात्मा गान्धी आफ्नो जीवनकालमा कहिल्यै कुनै औपचारिक पदमा बसेनन् । तैपनि उनी करोडौँलाई प्रेरणा बन्दै भारतमा अंग्रेज उपनिवेशिक शासनविरुद्ध अहिंसा आन्दोलनको नेतृत्व गर्न सफल भए । नेपालमा युवाहरू योगदानले लोकतन्त्रका लागि नागरिकले अद्वितीय संघर्ष र बलिदान गरे । जेल, नेल, निर्वासन, काराबास, भूमिगत, घाइते, बेपत्ता, गृहयृद्ध, जनविद्रोह, जनप्रदर्शन अनेक निर्मम घटनाक्रमको शृङ्खलाले नेपाल ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ बन्यो ।
४० लाख भन्दा माथि विदेश रहेका नेपालीले मताधिकार पाउँछन् कि पाउँदैनन् भन्ने विषय अहिले बहसमा छ। मतदानको अधिकार दिनू भनी सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयन भएको छैन । बिदेश बाट सरकार र राजनीतिक दलहरुको आलोचना समेत हुने गरेको छ। आगामी वैशाख ३० गते स्थानीय तहको र मंसिरसम्ममा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदैछ। यी निर्वाचनमा विदेशमा रहेका नेपालीले भोट दिन पाउँछन् कि पाउँदैनन् भन्ने विषयमा सर्वत्र चासो छ। प्रवासी नेपाली संघ सङ्गठनले संघीयता र गणतन्त्र हासिल गर्नका लागि युवा नेपालीको पनि लामो त्याग, योगदान रहेको रहेको छ । प्रवासी नेपालीको नोट चलेपनि भोट नचलेको भन्दै दुःख व्यक्त गरेको छन ‘प्रवासी नेपालीलाई राज्यको संरचना बनाउन कहीं कतै भूमिका दिइएको छैन । ५६ प्रतिशत रेमिट्यान्स पठाउने प्रवासी कामदारको मताधिकार कहाँ छ भनेर खोज्न ढिला भइसकेको छ ।
देशमा रोजगार बृद्धि गर्न युवाहरुलाई प्राबिधिक तालिम, सहुलियतमा ऋण उपलब्ध गराउन सरकारले भाषणमा होइन, ब्यबहारमा गरेर देखाउनु पर्छ। सरकारी कर्मचारी बर्गमा आएको शिथिलता, कामचोर तथा भ्रष्ट प्रबृतिलाई निमिट्यान्न पार्न ट्रेड युनियन हटाएर राजनीतिबाट कर्मचारीलाई अलग पार्नैपर्छ। नेपाललाई अहिले सबैभन्दा बढी चाहिएको आर्थिक परिवर्तन हो । राजनीतिको दर्शनले अर्थशास्त्रलाई बेवास्ता गर्दछ । अर्कोतर्फ त्यस्ता राजनीतिक अधिकारहरू तबसम्म अर्थहीन हुन्छन् जबसम्म मानिसहरूले उनीहरूको आर्थिक र सामाजिक अधिकार प्रयोग गर्न सक्दैनन् ।
राजनीति भनेको जनताको सेवा हो । नेपालमा नयाँ संविधान जारी भएयता स्थानीय सरकार, प्रान्त वा केन्द्र सरकारको भूमिका कागजमा मात्र सीमित रहेको छ किनकि उनीहरूका अधिकांश निर्णयहरू असान्दर्भिक भइसकेका छन् र उनीहरू भ्रष्टाचारमा लिप्त भएका छन् । सरकारको यो कार्यले युवा तथा अन्य समूहलाई आकर्षित गर्न सकेको छैन । सरकारले नागरिकलाई दासको रूपमा व्यवहार गर्नुको सट्टा प्रत्येक नागरिकको अभिभावकको रूपमा काम गर्नुपर्दछ । राजनीतिज्ञहरूले मनन गर्न जरुरी छ ।
अन्यथा यस अघि जस्तै सबै कुरा -‘हात्ती आयो, हात्ती आयो फुस्सा’ मात्र हुन्छ ।
(लेखक खड्का सामाजिक कार्यकर्ता हुन् )












सुनको भाउमा आज पनि वृद्धि, किन लगातार बढिरहेको छ ?
अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द
Nonagenarian man constructs water facility in Bhojpur school
51 days to go for HoR Polls: 85 candidates withdraw names from PR closed list
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया