कोरोनाका कारण बेइजिङका विद्यालय पुनः बन्द
काठमाडौँ । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएसँगै चीनको बेइजिङका विद्यालयहरू बन्द गरिएको छ ।
महामारी अत्यधिक फैलिन थालेपछि साविक बमोजिमको बिदा शुरु हुनुअगाडि बिदा दिइएको हो । सरकारले बाल शिशु कक्षादेखि माध्यामिक तहसम्मका सबै विद्यालयमा पठन पाठन रोक्ने निर्णय गरेको अधिकारीले बिहीबार जानकारी दिएका छन् ।
‘विद्यार्थीहरूको बिदा शुक्रबारदेखि नै लागू हुन्छ, नियमित बिदाभन्दा एक दिनअगाडि बिदा शुरु गरिएको हो,’ सरकारी एक अधिकारीले भने । महामारी थप फैलिने देखेपछि केही विद्यालयले यसअघि नै अनलाइन माध्यमबाट पठन पाठन शुरु गरेका थिए ।
विद्यालय आउनका लागि विद्यार्थी तथा शिक्षकले पछिल्लो ४८ घण्टाभित्र कोरोना परीक्षण गरेको रिपोर्ट देखाउनु पर्ने र त्यसमा नेगेटिभ रिपोर्ट हुनु पर्ने सर्त राखिएको छ ।
विद्यालय अब पुनः कहिले शुरु गर्ने भन्ने बारेमा महामारीको संक्रमणको अवस्थाका आधारमा मात्रै थाहा हुने अधिकारीले जनाएका छन् । उनीहरूका अनुसार बेइजिङमा बुधबार दिउँसो ३ बजेदेखि बिहीबार दिउँसो ३ बजेसम्ममा ५३ जनामा आन्तरिक संक्रमण भएको पुष्टि गरिएको छ ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
प्रतिक्रिया