दुई बिदा दिने निर्णयको स्वागत
मेरोन्यूज
२०७९ वैशाख १६ गते १५:०५
काठमाडौँ । होटल संघ पोखरा नेपालले हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णयलाई स्वागत गरेको छ । संघका अध्यक्ष लक्ष्मण सुवेदीले एक विज्ञप्ति जारी गर्दै दुई दिन बिदा दिने व्यवस्थाले पर्यटन क्षेत्रमा सकारात्मक असर पर्ने उल्लेख बताए ।
लामो समयदेखि समस्या झेल्दै आएको पर्यटन क्षेत्रमा दुई दिने बिदाको व्यवस्थाले व्यवसायीमा केही राहत पुग्ने विश्वास लिइएको विज्ञप्तिमा उल्लेख छ । संघले दुई दिन बिदाको व्यवस्थालाई लामो समयदेखि माग गर्दै आएको अध्यक्ष सुवेदीले जानकारी दिए ।
कोरोनाका कारण सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्र नै हुन पुगेको र दुई दिने बिदाको व्यवस्थाले कोरोनाबाट थलिएको पर्यटन क्षेत्रलाई केही चलायमान बनाउन र आर्थिक गतिविधि बढाउन थप मद्दत पुग्ने विश्वास संघले लिएको विज्ञप्तिमा भनिएको छ ।
सम्बन्धित















कोशी प्रदेशसभाको हिउँदे अधिवेशन आव्हान गर्न सिफारिश
2 pilots killed in military trainer aircraft crash in N. Thailand
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
प्रतिक्रिया