शनिबार, चैत २१, २०८२

३५ ठाउँमा प्रतिस्पर्धा गर्न कसैले आँट गरेनन् : माधव नेपाल

मेरोन्यूज २०७९ वैशाख १६ गते १६:११

काठमाडौँ । सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले ३५ स्थानमा आफ्नो पार्टीसँग प्रतिस्पर्धा गर्ने कोही नभएको बताए ।

Advertisement
nepal life insurencenepal life insurence

शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेकपा एस र बहिर्गमित जनमुक्ति सेना नेपालको एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले ३५ स्थानमा आफ्नो पार्टी मात्रै भएको दाबी गरे । उनले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ताकै क्रममा नेकपा एसका ३५ जना जनप्रतिनिधि विजयी भएको बताए ।

‘यो चुनावको निम्ति मनोनयन दर्ताको समयमा निर्विरोध केही व्यक्तिमध्ये हाम्रो पार्टीसँग नेकपा एकीकृत समाजवादीसँग जोडिएका, दुई जना गाउँपालिकाका अध्यक्ष, एक जना उपाध्यक्ष र ६ जना वडाध्यक्ष निर्विरोध निर्वाचित हुनु भयो,’ उनले भने, ‘२६ जना सदस्यहरु पनि निर्विरोध निर्वाचित हुनु भयो, झण्डै ३५ जना व्यक्तिले विजय हासिल गरेर हाम्रो पार्टीको झण्डालाई, हामीले अघि सारेको कलम चिन्ह त्यो बोक्ने पार्टी नेकपा एकीकृत समाजवादीको विजयको झण्डा फहराउँदै उहाँहरु अगाडि बढ्नु भयो, प्रतिस्पर्धा गर्न कसैले आँट गरेन उहाँहरूसँग ।’

प्रतिक्रिया