मन्त्री श्रेष्ठ र मलेसिया समकक्षीबीच वार्ता, नेपाली नागरिकको विषयमा छलफल

काठमाडौँ । नेपालका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ मलेसियाको औपचारिक भ्रमणमा रहेका छन् । बिहीबार मलेसिया पुगेका उनले मलेसियाका मानव संशाधन मन्त्री दातुक सेरी एम. सराभननसँग द्विपक्षीय वार्ता गरेका छन् ।
वार्तामा ऐतिहासिक रुपमा रहेको भातृत्वपूर्ण सम्बन्धलाई नेपाली युवाहरूको मलेसियाली श्रम बजारमा रहेको उपस्थितिले थप मजबुत बनाएको भन्दै दुवै पक्षबाट प्रसंशा भएका थियो । वार्तामा नेपाल र मलेसियाबीच सन् २०१८ मा हस्ताक्षर भई हाल कार्यान्वयनमा रहेको द्विपक्षीय समझदारीपत्रलाई थप प्रभावकारी रुपमा कार्यान्वयन गर्नेबारे छलफल भएको थियो ।
दुई देशको समझदारी पत्रअनुसार मलेसियामा रोजगारीमा रहेका नेपालीको स्वास्थ्य, सामाजिक सुरक्षा र सामाजिक कल्याणलाई थप सवलीकरण गर्ने, चौबिसै घण्टा प्रभावकारी हुने बिमा सुविधाको व्यवस्था गर्ने विषयमा छलफल भएको हो ।्
वार्तामा मन्त्री श्रेष्ठले मलेसियामा कार्यरत यूवाहरुको आधारभूत तलब बढाउने, स्वास्थ्य उपचारमा विशेष ध्यान दिन, सामाजिक सुरक्षा र कल्याणका क्षेत्र लगायतका सुविधाहरुको प्रवर्द्धन गराउन आफ्ना समकक्षी समक्ष पेश गरेका थिए ।
भ्रमणका क्रममा उनले नेपाली राजदूतावासको निरीक्षण गरेका थिए । यस्तै राजदूतावासबाट हुने सेवा प्रवाहको सम्बन्धमा जानकारी लिएका थिए ।










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया