मन्त्री श्रेष्ठ र मलेसिया समकक्षीबीच वार्ता, नेपाली नागरिकको विषयमा छलफल

काठमाडौँ । नेपालका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ मलेसियाको औपचारिक भ्रमणमा रहेका छन् । बिहीबार मलेसिया पुगेका उनले मलेसियाका मानव संशाधन मन्त्री दातुक सेरी एम. सराभननसँग द्विपक्षीय वार्ता गरेका छन् ।
वार्तामा ऐतिहासिक रुपमा रहेको भातृत्वपूर्ण सम्बन्धलाई नेपाली युवाहरूको मलेसियाली श्रम बजारमा रहेको उपस्थितिले थप मजबुत बनाएको भन्दै दुवै पक्षबाट प्रसंशा भएका थियो । वार्तामा नेपाल र मलेसियाबीच सन् २०१८ मा हस्ताक्षर भई हाल कार्यान्वयनमा रहेको द्विपक्षीय समझदारीपत्रलाई थप प्रभावकारी रुपमा कार्यान्वयन गर्नेबारे छलफल भएको थियो ।
दुई देशको समझदारी पत्रअनुसार मलेसियामा रोजगारीमा रहेका नेपालीको स्वास्थ्य, सामाजिक सुरक्षा र सामाजिक कल्याणलाई थप सवलीकरण गर्ने, चौबिसै घण्टा प्रभावकारी हुने बिमा सुविधाको व्यवस्था गर्ने विषयमा छलफल भएको हो ।्
वार्तामा मन्त्री श्रेष्ठले मलेसियामा कार्यरत यूवाहरुको आधारभूत तलब बढाउने, स्वास्थ्य उपचारमा विशेष ध्यान दिन, सामाजिक सुरक्षा र कल्याणका क्षेत्र लगायतका सुविधाहरुको प्रवर्द्धन गराउन आफ्ना समकक्षी समक्ष पेश गरेका थिए ।
भ्रमणका क्रममा उनले नेपाली राजदूतावासको निरीक्षण गरेका थिए । यस्तै राजदूतावासबाट हुने सेवा प्रवाहको सम्बन्धमा जानकारी लिएका थिए ।

















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
प्रतिक्रिया