आइतबार, वैशाख २०, २०८३

खाल्डोमा पुरिएको अवस्थामा महिलाको शव फेला

मेरोन्यूज २०७९ वैशाख १७ गते २०:२९

इलाम । इलाम नगरपालिका ८ सिङफ्रिङमा गाडिएको अवस्थामा महिलाको शव फेला परेको छ । खाल्डोमा गाडिएको अवस्था भेटिएको शव उत्खनन गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले बताए ।

Advertisement
NiccNicc

शव स्थानीय ३१ वर्षकी विनिता काफ्लेको पुष्टि भएको प्रहरीले जानकारी दिएको छ । केही दिन अघिदेखि काफ्ले घरबाट हराएकी थिइन् । उनको परिवारले विनीता काफ्ले हराइरहेको भन्दै प्रहरीमा हुलिया सहित जाहेरी गरेको थियो ।

परिवारको जाहेरीको आधारमा खोजी गर्दा गाडिएको अवस्थामा उनको शव फेला पारेको हो । काफ्लेलाई हत्या गरेर खाल्डोमा गाडिएको हुनसक्ने आशंका छ । प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

काफ्लेको शव अहिलेसम्म पोस्टमार्टम लागि समेत पठाइएको छैन । ‘घटना कम्लिकेटेड देखिए शव पोस्टमार्टम लागि धरान पठाउँछौ’, प्रहरी उपरीक्षक श्रेष्ठले भने,‘हामी हेर्दैछौ ।’

प्रतिक्रिया