शुक्रबार, माघ १६, २०८२

झापामा कांग्रेस र एमालेका वडा सदस्यहरू निर्विरोध

मेरोन्यूज २०७९ वैशाख १७ गते २०:५६

झापा । जिल्लाका दुई पालिकाबाट दलित महिला वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

निर्विरोध निर्वाचित हुनेमा नेकपा एमालेबाट उम्मेदवार बनेकी मेचीनगर नगरपालिका ११ का रञ्जिता नेपाली रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी नेपाली कांग्रेसबाट कचनकवल गाउँपालिका ४ की दलित महिला वडा सदस्य विजली दास निर्विरोध भएकी छन् । उनीहरूको प्रत्यासी उम्मेदवार नभएकाले निर्विरोध भएको मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले बताए ।

प्रतिक्रिया