गठबन्धनका उम्मेदवारलाई विजयी गराई समाजवादकाे आधार तयार गर्नु श्रमजीविको मुख्य कार्यभार : प्रचण्ड

काठमाडाैं / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली श्रमजीविको हक, अधिकारको रक्षा र संविधानको पूर्ण कार्यान्वयनका स्थानीय तह निर्वाचनको संघारमा रहेकाे बताएका छन् ।
अन्तर्राष्ट्रिय श्रमिक दिवस (१ मे) को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले भनेका छन्, ‘आगामी निर्वाचनमा वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराई संविधान र लोकतन्त्रको रक्षासहित समाजवादको आधार तयार गर्नु नेपालका मजदूर एवं श्रमजीवि उत्पीडित जनसमुदायको आजको मुख्य कार्यभार हो ।’
प्रतिगमनविरुद्ध नयाँ संकल्प लिने दिनको रुपमा लिन पनि उनले श्रमजीवि, कम्युनिष्ट क्रान्तिकारी, परिवर्तन र न्यायका पक्षधरलाई आग्रह गरेका छन् ।
‘संविधानको पूर्ण कार्यान्वयनसहित स्थिरता, समृद्धि र समाजवादी अर्थतन्त्रको विकासका लागि आगामी दिनमा श्रमजीवि वर्गले नेतृत्वदायी भूमिका निर्वाह गर्न सकोस् भन्दै पुनः नेपाल र विश्वका मजदूरहरुमा बधाई तथा शुभकामना व्यक्त गर्दछु,’ उनले भनेका छन् ।
प्रचण्डले नेपालमा कम्युनिष्ट क्रान्तिकारी एवं श्रमजीवि जनसमुदायले आफ्नो अधिकारका निमित्त संघर्ष र वलिदानका अनेकौं कीर्तिमान कायम गरेकाे बताएका छन् । ‘जनयुद्ध र विभिन्न मुक्तिकामी आन्दोलनहरुमा ग्रामीण क्षेत्रका किसान र मजदूरसहित उत्पीडित जाति, क्षेत्र, लिङ्ग र समुदायका जनताको संघर्ष र बलिदानका कीर्तिमानकै कारण आज नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो,’ उनले भनेका छन् ।
















अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
प्रतिक्रिया