सशस्त्र र प्रहरीको नयाँ आईजीपी नियुक्त गर्न मन्त्रीपरिषद् बैठक बस्दै
मेरोन्यूज
२०७९ वैशाख १८ गते १०:४६

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) को महानिरीक्षक नियुक्तिको विषयमा निर्णय गर्नका लागि मन्त्रीपरिषद् बैठक बस्ने भएको छ ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री र सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी अवकाशमा गएपछि उक्त पदको नियुक्तिमा निर्णय गर्न आइतबार दिउँसो ११ बजे बैठक बस्न लागेको हो ।
आइतबार बिहानै प्रहरी महानिरीक्षक क्षत्री प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर फर्किएका छन् । क्षत्री ३० वर्षे सेवा अवधिका कारण भोलिबाट अनिवार्य अवकाशमा जाँदै छन् ।
उनीहरूसहित २०४९ वैशाख १८ मा सेवा प्रवेश गरेका सबै उच्च अधिकारीहरू एकै पटक अवकाशमा जान लागेका हुन् । उनीहरूका लागि दुवै प्रहरी मुख्यालयमा आइतबार अपराह्न बिदाइ कार्यक्रम राखिएको छ ।
सम्बन्धित
















मुलुकबाट अन्योल र अनिश्चितताको अन्त्य भयो, सिङ्गो राष्ट्र निर्वाचनको महाकुम्भमा होमियाे :प्रधानमन्त्री कार्की
सिन्धुली-२ मा नेकपाभित्र किचलो : हरिबोल गजुरेलकाे प्रस्तावमा महेश्वर दाहालकाे बागी उम्मेदवारी
कैलाली १ मा डा. जनकराज शाहद्वारा उम्मेदवारी दर्ता
रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता
यी हुन् नेकपाका १६५ उम्मेदवार
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
प्रतिक्रिया