स्थानीय निर्वाचनका लागि बाँके र बर्दियाको सीमा नाका ७२ घण्टा बन्द हुने


नेपालगञ्ज, १८ वैशाख । वैशाखमा ३० हुने स्थानीय तहको निर्वाचनअघि बाँके र बर्दियाको नेपाल–भारत सीमा नाका ७२ घण्टा बन्द हुने द्विपक्षीय सहमति भएको छ । नेपाल–भारत खुला सीमाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले निर्वाचनअघि ७२ घण्टासम्म सीमा नाका बन्द गर्ने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले जानकारी दिए ।
सीमा क्षेत्रको दशगजा क्षेत्रमा कडाई गर्नुका साथै दुई देशका सुरक्षाकर्मीले संयुक्तरूपमा गस्ती गर्ने र ४८ घण्टाअघि दुई देशका सीमा क्षेत्रमा मदिराकाे बेचविखन र सेवनमासमेत रोक लगाउने निर्णय भएको प्रजिअ खत्रीले बताए।
बाँकेका प्रजिअ खत्री, बर्दियाका प्रजिअ बन्धुप्रसाद बास्तोला, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र भारततर्फ बहराइच र श्रावस्तीका सीमा सुरक्षा बलसहित दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले जंगली जनावरको अवैध पैठारी, काठ तस्करी, लागूऔषधको कारोवार, मानव बेचविखनलगायका विषयमा छलफल गरेको थियो।
जमुनाह र रुपैडिया नाकामा दुुवै देशका सुरक्षाकर्मीले आवागमनमा सुरक्षा जाँचलाई कडाई गरेको र सुरक्षाकर्मीले सयुक्त सुरक्षा गस्तीसमेत गरेका छन ।बाँके जिल्लासँग भारतको सीमा जोडिएको क्षेत्र ६५ किलोमिटर पर्छ भने बर्दियाको ८२ किलोमिटर पर्छ।
















मुलुकबाट अन्योल र अनिश्चितताको अन्त्य भयो, सिङ्गो राष्ट्र निर्वाचनको महाकुम्भमा होमियाे :प्रधानमन्त्री कार्की
सिन्धुली-२ मा नेकपाभित्र किचलो : हरिबोल गजुरेलकाे प्रस्तावमा महेश्वर दाहालकाे बागी उम्मेदवारी
कैलाली १ मा डा. जनकराज शाहद्वारा उम्मेदवारी दर्ता
रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता
यी हुन् नेकपाका १६५ उम्मेदवार
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
प्रतिक्रिया