मंगलबार, माघ ६, २०८२

अन्ततः आजकै मिति राखेर सशस्त्र प्रहरीको आईजीपीमा अर्यालकाे नियुक्ति

मेरोन्यूज २०७९ वैशाख १८ गते १७:०१

काठमाडौं । सरकारले सरकारले अन्ततः एआईजी राजु अर्याललाई सशस्त्र प्रहरी बलको महानिरीक्षक (आईजीपी) मा नियुक्त गर्ने निर्णय गरेको छ ।

आइतबार विहान बसेको मन्त्रिपरिषदको बैठकमा प्राविधिक कारण भन्दै अर्यालको नियुक्ति रोकेको थियो । यद्यपी प्राविधिक कारणबारे खुलाईएको थिएन । यसबिच दिनभरको चलखेल र दबाबपछि आज साँझ उनलाई विहान नियुक्त गरिएको व्यहोरा राख्नेगरी आईजीपीमा नियुक्त गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

यसबिचमा सशस्त्रको ३० वर्षीय अवधी बढाएर ३२ बर्ष बनाउने विहान बसेको मन्त्रिपरिषद्को वैठकबाट एउटा एआईजी दरबन्दी थप गरिएको निर्णय गरेर अर्को एक व्यक्तिलाई समेत एआईजी नियुक्त गरेर दुई जना एआईजीबिच प्रतिस्पर्धा गराउने लगायतका चलखेलभएपनि साँझ आईपुग्दा सबै चलखेलका च्याप्टर क्लोज भएका थिए ।

अब अर्याललाई पनि नेपाल प्रहरीका नवनियुक्त आईजीपी धिरजप्रताप सिंहसँगै दज्र्यनी चिन्ह प्रदान गर्ने तयारी भईरहेको छ ।

अर्याल गत मंगलबार एआईजीमा बढुवा भएका थिए ।

प्रतिक्रिया