शुक्रबार, पुष १८, २०८२

अप्रिलमा मात्र ५८ हजार ३४८ विदेशी पर्यटक नेपाल भित्रिए

मेरोन्यूज २०७९ वैशाख १९ गते १७:३६

काठमाडौं । पछिल्लो एक महिनामा मात्र ५८ हजार ३४८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याकं अनुसार अप्रिल महिनामा मात्र नेपालमा ५८ हजार ३४८ विदेशी भित्रिएका हुन् ।

जसमा सबैभन्दा बढी २२ हजार ४ सय ७७ भारतीय पर्यटकले नेपाल भ्रमण गरेका छन् । मार्चमा ४२ हजार ६ जना पर्यटक नेपाल आएका थिए । सन् २०२२ का (चार महिना) मा हालसम्म १ लाख ३७ हजार ९५ जना विदेशीले नेपाल भ्रमण गरिसकेका छन् ।
गत वर्षको सोही अवधिको तुलनामा १५९.९० प्रतिशतले बढी हो । सन् २०२१ को अप्रिल महिनामा केवल २२ हजार ४ सय ५० जना पर्यटक नेपाल आएका थिए ।

प्रतिक्रिया