वरिष्ठ हास्यकलाकार मदनकृष्ण भन्छन्,–‘आत्मबल छ तर हातमा बल छैन’

काठमाडौं । वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठको मुहारमा मंगलबार बेग्लै खुसी झल्किन्थ्यो । न्युरोडस्थित रन्जना हलमा आफ्नो ७२ औं जन्मदिनमा उनी दिल खोलेर गफिरहेका थिए ।
उनी दिल खोलेर गफिएनन् मात्र, आफ्नै स्वरमा रहेको गीत ‘एउटा सपना छ’ पनि बिमोचन गर्न भ्याए । आफू शारिरीक रुपमा कमजोर भएपनि आत्मबले बलियो रहेका उनले सुनाए । वरिष्ठ हास्यकलाकार तथा गायक भनिरहेका थिए, ‘आत्मबल छ । तर, हातमा बल छैन ।’
वरिष्ठ हास्यकलाकार मदनकृष्णको ७२ औं जन्मदिनमा सार्वजनिक ‘एउटा सपना छ’ बोलको गीतमा मदनकृष्णसगंै गायक भने पुष्पन प्रधानको शब्द तथा संगीत रहेको छ । यो लेजेन्ड्री भर्सन गीत हो । यस गीतको भिडिओमा मदनकृष्णसँगै नायिका आँचल शर्माले अभिनय गरेकी छिन् ।
यस गीतको भिडिओलाई मदनकृष्णकी छोरी सरानाले निर्देशन गरेकी हुन् । केक काटेर मदनकृष्णको जन्मदिन भब्य रुपमा मनाइएको थियो । कार्यक्रममा बिभिन्न कलाकार तथा सेलिब्रिटीहरुको उपस्थिीतिमा रहेको थियो ।




















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया