वरिष्ठ हास्यकलाकार मदनकृष्ण भन्छन्,–‘आत्मबल छ तर हातमा बल छैन’

काठमाडौं । वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठको मुहारमा मंगलबार बेग्लै खुसी झल्किन्थ्यो । न्युरोडस्थित रन्जना हलमा आफ्नो ७२ औं जन्मदिनमा उनी दिल खोलेर गफिरहेका थिए ।
उनी दिल खोलेर गफिएनन् मात्र, आफ्नै स्वरमा रहेको गीत ‘एउटा सपना छ’ पनि बिमोचन गर्न भ्याए । आफू शारिरीक रुपमा कमजोर भएपनि आत्मबले बलियो रहेका उनले सुनाए । वरिष्ठ हास्यकलाकार तथा गायक भनिरहेका थिए, ‘आत्मबल छ । तर, हातमा बल छैन ।’
वरिष्ठ हास्यकलाकार मदनकृष्णको ७२ औं जन्मदिनमा सार्वजनिक ‘एउटा सपना छ’ बोलको गीतमा मदनकृष्णसगंै गायक भने पुष्पन प्रधानको शब्द तथा संगीत रहेको छ । यो लेजेन्ड्री भर्सन गीत हो । यस गीतको भिडिओमा मदनकृष्णसँगै नायिका आँचल शर्माले अभिनय गरेकी छिन् ।
यस गीतको भिडिओलाई मदनकृष्णकी छोरी सरानाले निर्देशन गरेकी हुन् । केक काटेर मदनकृष्णको जन्मदिन भब्य रुपमा मनाइएको थियो । कार्यक्रममा बिभिन्न कलाकार तथा सेलिब्रिटीहरुको उपस्थिीतिमा रहेको थियो ।














मुग्लिन-पोखरा पश्चिम खण्डमा दैनिक ६ सयलाई रोजगारी
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु, अरनिको राजमार्ग अवरुद्ध
नेपाल बैंक लिमिटेडद्वारा दुनैमा ‘एटिएम’ सेवा आरम्भ
सिञ्जाको रनुखानामा झोलुङ्गे पुल निर्माण
न्युयोर्कका नवनिर्वाचित मेयर मम्दानीलाई भेट्दै ट्रम्प
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
प्रतिक्रिया