काठमाडौंसहित पहाडी क्षेत्रमा बदली, आज धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं । बिहान काठमाडौं उपत्यकासहित मुलुकका पहाडी भूभागमा बदली रहेको छ । गए राति काठमाडौंका केही क्षेत्रमा वर्षा भएको थियो ।
स्थानीय वायु, भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समथर भूभागसम्म बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुका कारण बदलीसँगै वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो पहाडी भूभागका केही र तराईका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राति प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थानमा र बाँकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बिहीबार पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको आँकलन गरिएको छ । राति प्रदेश १ , मधेश, बागमतीका केही र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा हुनसक्ने महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ ।












चालिस माइक्रोनभन्दा कमका प्लास्टिक बिक्री वितरण नगर्न विभागको निर्देशन
पुस २५ गते शुक्रवारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कुलमान घिसिङले पदबाट राजीनामा दिएपछि तीन मन्त्रीको कार्यभार थप
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
एमाले सचिव शेरधन राई भोजपुरबाट सर्वसम्मत सिफारिस
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
प्रतिक्रिया