जिम्बाम्बे ए माथि नेपालको सानदार जित

काठमाडौं । नेपालले जिम्बावे ए माथि ८ विकेटको सानदार जित निकालेको छ।
१ सय ३७ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले १५ ओभर ५ बलमा मात्र २ विकेट गुमाउँदै पुरा गरेको छ।
नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ८७ रन बनाए। ३४ बलमा ८ चौकासहित अर्धसतक पुरा गरेका उनले ५४ बलमा १३ चौका र १ छक्का प्रहार गर्दै नटआउट रहे।
पहिलो विकेटका लागि आसिफ र कुशल भुर्तेलले ९।३ ओभरमा ८८ रनको साझेदारी गरेका थिए।
कुशल भुर्तेल २६ बलमा २ चौका र २ छक्कासहित ३४ रनमा बोल्ड भए। त्यसपछि क्रिजमा आएका बसिर अहमदले १५ बलमा १० रन बनाए।
त्यसअघि टस हारेर टियु मैदानमा ब्याटिङ गरेको जिम्बावे ए ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३६ रन बनायो।
उसका लागि रोय कैयाले सर्वाधिक ४९ रन बनाए। टडिवानाशे मरूमानी २७, यस्तै ल्यूक जांगवेले २३ रन जोडे। ओपनर इनोसेन्ट कैयाले १४ तथा टोनी मन्योङ्गा २ रन बनाए।
पाहुना टोलीलाई सस्तैमा रोक्न नेपालका सन्दीप लामिछानेले सर्वाधिक २ विकेट लिए। सोमपाल कामी र बसिर अहमदले समान १(१ विकेट लिए।
तीन टी २० सिरिजमा नेपाल पहिलो खेलमा ६ विकेटले पराजित भएको थियो । दोस्रो खेल भारी वर्षाको कारण रद्द भएको थियो। तेस्रो खेल जितेसँग नेपालले श्रृंखला बराबरी गरेको हो।















लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
प्रतिक्रिया