कोरोनाविरुद्धको खोप लगाउँन छुटेकालाई मतदान केन्द्रमै खोप
मेरोन्यूज
२०७९ वैशाख २२ गते ६:५३

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको दिन कोरोना भाइरसविरुद्धको खोप मतदानस्थलमा लगाउने भएको छ । मन्त्रालयले मतदान केन्द्र नजिक नै खोप केन्द्र स्थापना गरी कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको हो । मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्राले वैशाख ३० गते मतदान केन्द्र नजिक खोप केन्द्र स्थापना गरी खोप लगाउन छुटेकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने बताइन् ।
उनका अनुसार मतदान गरिसकेपछि १८ वर्षभन्दा माथिका पहिलो, दोस्रो र बुस्टर डोज प्रदान गरिनेछ । खोप लगाउन छुटेका र बुस्टर डोज लगाउन बाँकी रहेकालाई मतदान गर्न जाँदा खोप कार्ड लिएर जानसमेत अनुरोध गरिएको छ ।
सम्बन्धित
















महिला समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याई
सुदूरपश्चिममा १८ महिला उम्मेदवार चुनावी मैदानमा
तनहुँमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
Fire at Mahashakti Soap Factory in Hetauda: Property amounts Rs100–120 million damaged
NA Election: Voting to take place across all seven provinces today
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
सभापति बनेपछि पहिलोपटक पार्टी कार्यालय सानेपा जाँदै गगन
प्रतिक्रिया