शुक्रबार, माघ १६, २०८२

निर्वाचनको ४८ घण्टाअघिदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द गरिने

मेरोन्यूज २०७९ वैशाख २३ गते ६:३८

काठमाडौं । वैशाख ३० हुने स्थानीय तह निर्वाचनको ४८ घण्टाअघिदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द गरिने भएको छ ।

निर्वाचन आयोगले वैशाख २७ गते राति १२ बजदेखि अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न गृह मन्त्रालयलाई भनेको छ । मतदानको दिनको ४८ घण्टाअघिदेखि मतदानको कार्य नसकिएसम्म सबै अन्तर्राष्ट्रिय नाका बन्द गरिनेछ ।

मतदान हुने दिन आन्तरिक रूपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गर्न भनिएको छ ।

प्रतिक्रिया