धनगढीमा क्लबस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता जेष्ठ ५ गतेदेखि हुने

धनगढी । धनगढीमा आगामी जेठ ५ गतेदेखि क्लबस्तरीय क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ आयोजना हुने भएको छ । लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालि धनगढीको आयोजनामा जेठ ५ देखि १३ गतेसम्म प्रतियोगिता आयोजना गरिने भएको हो ।
धनगढीमा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगसमेत आयोजना गर्दै आएको लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सले यहाँको खेल क्षेत्रलाई चलायमान बनाउने उद्देश्यले धनगढी सुपर लिग आयोजना गर्न लागिएको लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए ।
क्रिकेटको सहर भनेर चिनिएको धनगढीलाई अब पर्यटकीय सहर पनि बनाउन र यसको गरिमा थप माथि पु¥याउन उक्त प्रतियोगिता गर्न लागिएको उनको भनाइ छ ।
प्रतियोगितामा देशका विभिन्न छ वटा क्लब बुङ्गल क्रिकेट क्लब बझाङ, देउखुरी वारियर्स दाङ, धनगढी क्रिकेट एकेडेमी धनगढी, महेन्द्रनगर क्रिकेट एकेडेमी महेन्द्रनगर कञ्चनपुर, लिटल फ्लावर क्रिकेट क्लब धनगढी र कैलाली जिल्ला क्रिकेट क्लब धनगढीको सहभागिता रहने बताइएको छ ।
टी–ट्वान्टी फर्मेटमा सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद रु दुई लाख उपविजेताले रु एक लाख नगद तथा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले नगद रु १५ हजार, उत्कृष्ट बलर, ब्याट्सम्यान तथा उदीयमान खेलाडीले रु सात हजार ५०० नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई नगद दुई हजार ५००, सँगै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । रासस
रासस
















चैतमा ९०० विपद्का घटना : ३० जनाको मृत्यु
नबिल बैंकले १६ स्थानमा सीपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
धूम्रपान नियन्त्रणका लागि बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
दोहोरो अंकले घट्यो नेप्से, करिब साढे पाँच अर्बकाे काराेबार
यूएई जान लागेकाको पासपोर्टमा काम गर्न निषेध लेख्ने अध्यागमनका २ अधिकृतलाई जिम्मेवारीबाट हटाइयाे
प्रतिक्रिया