मकरलाई आज मानसम्मान मिल्ने योग, अन्य राशिको कस्तो ?

काठमाडौं । आज २३ वैशाख २०७९, शुक्रबार । तद्नुसार मे महिनाको ६ तारिख । बैशाखशुक्ल पञ्चमी,बालब करण, आद्रा नक्षत्र, धृति योग, चन्द्रमा मिथुन राशिमा छ । आज बिहान सूर्योदय बिहान ५ः२३ मा भएको छ भने सूर्यास्त १८ः४० मा हुनेछ ।
आजको दिन विदेशयात्राका लागि निकै शुभ मानिन्छ । आजका देवता जलदेवी हुन भने ग्रहदेव राहु हुन् । शुक्रबार विदेश यात्राका लागि शुभ मानिन्छ । आज बिहान १०ः२१ देखि १२ः०१ सम्मको समय राहुकाल छ । यो समयमा यात्रा नगर्नु होला ।
मेष
मेष राशिका जातकका लागि आज रोजगारीको क्षेत्रमा नयाँ सफलता प्राप्त हुनेछ । आज नजिकको शिवालयको यात्रा गर्दा मनमा खसियाली छाउने छ । आजको दिन कुनै तीर्थस्थलीको यात्रा गरेर काम गर्दा सफलता मिल्नेछ ।
वृष
व्यापारबाट प्राप्त हुने धनले अत्यन्त खुसियाली मिल्नेछ । ब्यापारबाट फाइदा नहुँदा पनि त्यति निराश नहुनु होला । आजको दिन तपाईंभित्र सकारात्मक सोच हुन जरुरी छ । सकारात्मक सोचले मात्र आफ्नो दैनिक काम गर्दा मनमा खुसी छाउनसक्छ ।
मिथुन
आजको दिन परिवार र आफन्तजनले तपाईंमाथि अनेक आरोप लगाउन सक्नेछन् । तपाईंभित्र मनमा पनि निराशा उत्पन्न हुनेछ । सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने हर्षित हुनुपर्ने हुन्छ । चन्द्रमाको साथ छ । बिहान सूर्योदयको दर्शन गर्नुहोला ।
कर्कट
आज शुभ छ । आर्थिक र सामाजिक समस्या समाधान हुनेछ । कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला, कसैसँग विवाद भयो भने तपाईं र तपाईंसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । सामाजिक सेवाको क्षेत्रमा काम गर्नुहोला।
सिंह
परिवार र मित्रमण्डलीबाट साथ सहयोग प्राप्त हुनेछ । यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर मात्र यात्रा गर्नुहोला । परिवारका सदस्यले तपाईंलाई अनावश्यक आरोपसमेत लगाउनसक्नेछ । आजको दिन सिंह राशिका जातकले कम बोल्नु, मौन रहनु नै बुद्धिमानी हुनेछ ।
कन्या
कन्या राशिका जातका लागि आजको दिन मित्र र आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता हात लाग्नेछ । शिवालय यात्रा गरेर कुमारी कन्या र बृद्ध मातालाई खानेकुरा उपहार दिनुहोला ।
तुला
आजको दिन सुरु गरेका काम सफल हुनेछ । कार्यमूलक यात्रा हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । आर्थिक कारोबार गर्दा अलि ध्यान दिनुहोला । शुक्रबार गरिएको कारोबार छिटो प्राप्त नहुनसक्छ ।
वृश्चिक
वृश्चिक राशिका जातकका लागि आज कार्ययोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । शिवालयमा गएर जल अर्पण गर्नुभयो सोचे अनुसार काम बन्नेछ । अध्यात्मिक सेवामा केही समय दिनुभयो भने कार्यमा सफलता मिल्नेछ । कसैसँग पनि विवाद हुने काम र कुरा नगर्नुहोला ।
धनु
धनु राशि भएका जातकका लागि आजको दिन राम्रो छ । तपाईंको सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । सामुहिक यात्राले मनोरञ्जन दिनेछ ।
मकर
मानसम्मान मिल्ने योग छ । आफन्तजनको सहयोगले मनमा खुसी प्राप्त हुनेछ । आजको दिन देवी मन्दिरको दर्शन गर्नाले मनमा प्रसन्नता छाउनेछ । अर्थलाभका कामबाट मानमा हर्ष छाउने छ । व्यापारबाट सफलता प्राप्त हुनेछ । छोटो दुरीको यात्रा गर्दा फलदायी हुनेछ ।
कुम्भ
कुम्भ राशिका जातकका लागि आजको दिन सोचअनुसारको काम हुनेछ । शत्रुमाथि विजय प्राप्ति हुनेछ । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन घर नजिकको शिवालय दर्शन गर्नुभयो भने थप शक्ति मिल्नेछ । आज कसैससँग अनावश्यक विवाद नगर्नुहोला । आजको दिन मौन रहनु उत्तम हुनेछ ।
मीन
बिहान सूर्योदयको दर्शन गरेर मात्र आजको दिनको शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लगाउनु होला । मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा हुनुहुन्छ भने केही हानी हुनसक्नेछ । सामाजिक सेवाको काममा समय दिनु भए राम्रो हुनेछ ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया