मकरलाई आज मानसम्मान मिल्ने योग, अन्य राशिको कस्तो ?

काठमाडौं । आज २३ वैशाख २०७९, शुक्रबार । तद्नुसार मे महिनाको ६ तारिख । बैशाखशुक्ल पञ्चमी,बालब करण, आद्रा नक्षत्र, धृति योग, चन्द्रमा मिथुन राशिमा छ । आज बिहान सूर्योदय बिहान ५ः२३ मा भएको छ भने सूर्यास्त १८ः४० मा हुनेछ ।
आजको दिन विदेशयात्राका लागि निकै शुभ मानिन्छ । आजका देवता जलदेवी हुन भने ग्रहदेव राहु हुन् । शुक्रबार विदेश यात्राका लागि शुभ मानिन्छ । आज बिहान १०ः२१ देखि १२ः०१ सम्मको समय राहुकाल छ । यो समयमा यात्रा नगर्नु होला ।
मेष
मेष राशिका जातकका लागि आज रोजगारीको क्षेत्रमा नयाँ सफलता प्राप्त हुनेछ । आज नजिकको शिवालयको यात्रा गर्दा मनमा खसियाली छाउने छ । आजको दिन कुनै तीर्थस्थलीको यात्रा गरेर काम गर्दा सफलता मिल्नेछ ।
वृष
व्यापारबाट प्राप्त हुने धनले अत्यन्त खुसियाली मिल्नेछ । ब्यापारबाट फाइदा नहुँदा पनि त्यति निराश नहुनु होला । आजको दिन तपाईंभित्र सकारात्मक सोच हुन जरुरी छ । सकारात्मक सोचले मात्र आफ्नो दैनिक काम गर्दा मनमा खुसी छाउनसक्छ ।
मिथुन
आजको दिन परिवार र आफन्तजनले तपाईंमाथि अनेक आरोप लगाउन सक्नेछन् । तपाईंभित्र मनमा पनि निराशा उत्पन्न हुनेछ । सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने हर्षित हुनुपर्ने हुन्छ । चन्द्रमाको साथ छ । बिहान सूर्योदयको दर्शन गर्नुहोला ।
कर्कट
आज शुभ छ । आर्थिक र सामाजिक समस्या समाधान हुनेछ । कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला, कसैसँग विवाद भयो भने तपाईं र तपाईंसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । सामाजिक सेवाको क्षेत्रमा काम गर्नुहोला।
सिंह
परिवार र मित्रमण्डलीबाट साथ सहयोग प्राप्त हुनेछ । यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर मात्र यात्रा गर्नुहोला । परिवारका सदस्यले तपाईंलाई अनावश्यक आरोपसमेत लगाउनसक्नेछ । आजको दिन सिंह राशिका जातकले कम बोल्नु, मौन रहनु नै बुद्धिमानी हुनेछ ।
कन्या
कन्या राशिका जातका लागि आजको दिन मित्र र आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता हात लाग्नेछ । शिवालय यात्रा गरेर कुमारी कन्या र बृद्ध मातालाई खानेकुरा उपहार दिनुहोला ।
तुला
आजको दिन सुरु गरेका काम सफल हुनेछ । कार्यमूलक यात्रा हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । आर्थिक कारोबार गर्दा अलि ध्यान दिनुहोला । शुक्रबार गरिएको कारोबार छिटो प्राप्त नहुनसक्छ ।
वृश्चिक
वृश्चिक राशिका जातकका लागि आज कार्ययोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । शिवालयमा गएर जल अर्पण गर्नुभयो सोचे अनुसार काम बन्नेछ । अध्यात्मिक सेवामा केही समय दिनुभयो भने कार्यमा सफलता मिल्नेछ । कसैसँग पनि विवाद हुने काम र कुरा नगर्नुहोला ।
धनु
धनु राशि भएका जातकका लागि आजको दिन राम्रो छ । तपाईंको सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । सामुहिक यात्राले मनोरञ्जन दिनेछ ।
मकर
मानसम्मान मिल्ने योग छ । आफन्तजनको सहयोगले मनमा खुसी प्राप्त हुनेछ । आजको दिन देवी मन्दिरको दर्शन गर्नाले मनमा प्रसन्नता छाउनेछ । अर्थलाभका कामबाट मानमा हर्ष छाउने छ । व्यापारबाट सफलता प्राप्त हुनेछ । छोटो दुरीको यात्रा गर्दा फलदायी हुनेछ ।
कुम्भ
कुम्भ राशिका जातकका लागि आजको दिन सोचअनुसारको काम हुनेछ । शत्रुमाथि विजय प्राप्ति हुनेछ । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन घर नजिकको शिवालय दर्शन गर्नुभयो भने थप शक्ति मिल्नेछ । आज कसैससँग अनावश्यक विवाद नगर्नुहोला । आजको दिन मौन रहनु उत्तम हुनेछ ।
मीन
बिहान सूर्योदयको दर्शन गरेर मात्र आजको दिनको शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लगाउनु होला । मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा हुनुहुन्छ भने केही हानी हुनसक्नेछ । सामाजिक सेवाको काममा समय दिनु भए राम्रो हुनेछ ।












चालिस माइक्रोनभन्दा कमका प्लास्टिक बिक्री वितरण नगर्न विभागको निर्देशन
पुस २५ गते शुक्रवारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कुलमान घिसिङले पदबाट राजीनामा दिएपछि तीन मन्त्रीको कार्यभार थप
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
एमाले सचिव शेरधन राई भोजपुरबाट सर्वसम्मत सिफारिस
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया