जी ७ का नेताले युक्रेनका राष्ट्रपतिसँग छलफल गर्ने

काठमाडौँ । विश्वका प्रमुख सात देशका नेताले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग छलफल गर्ने भएका छन् । अर्थतन्त्रमा मजबुत मानिएका ती देशका नेताले युक्रेनलाई गर्न सकिने सहयोगका बारेमा छलफल गर्ने अधिकारीले जनाएका छन् ।
जर्मन सरकारका एक जना प्रवक्ताले आगामी आइतबार उनीहरूका बीचमा छलफल हुने शुक्रबार जानकारी दिएका छन् । अहिले जी ७ को अध्यक्षसमेत रहेको जर्मनीले बैठकको संयोजन गरेको समाचारमा जनाइएको छ ।
जर्मन प्रवक्ता क्रिश्चियन होफमानले पत्रकारसँग भने, ‘जर्मनीका चान्सलर अलाफ सोल्जले नै बैठकको संयोजन गर्नुहु ने भएको छ ।’ उनका अनुसार भिडियोमार्फत हुने यस्तो बैठक यस वर्षमात्रै अहिले तेस्रोपटक हुन लागेको हो ।
दोस्रो विश्व युद्ध अन्त्य भएको ऐतिहासिक दिनको रुपमा लिइने मे ८ कै दिन यसपटकको बैठक हुन लागेको जनाइएको छ । बैठकमा विश्वव्यापी समसामयिक विविध विषयमा सामान्य छलफल गरी मुख्य छलफल युक्रेन संकटमा केन्द्रित हुने अधिकारीले जनाएका छन् ।
बैठकमा युक्रेनका राष्ट्रपति जेलेन्स्कीले देशको अहिलेको अवस्था र आवश्यकताका बारेमा विश्वका प्रभावशाली ती नेतालाई जानकारी दिने छन् । जी ७ का नेता युक्रेनलाई सहयोग गर्ने र रुसलाई आक्रमण अन्त्यका लागि दबाब दिने पक्षमा रहँदै आएका छन् ।
जी ७ अन्तर्गत क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिका पर्दछन् । ती सबै देशले पहिलेदेखि नै युक्रेनको पक्षमा आफ्नो मत जाहेर गरिरहेका थिए । आआफ्नो तर्फबाट युक्रेनलाई यसअघि सहयोग गर्दै आएका थिए ।
गत फेब्रुअरीको अन्त्यतिर रुसले युक्रेनमाथि आक्रमण शुरु गरेकोमा अहिलेसम्म सयौँको मृत्यु भएको छ भने लाखौँ विस्थापित भएका छन् । ठूलो भौतिक क्षति पनि भएको छ ।
















म्याग्दीको जलजलामा आन्तरिक पर्यटकको चहलपहल
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
युद्धविराम लम्बिँदा तनाव यथावत्
विश्व मातृ पृथ्वी दिवसः दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान
आइसिसी विश्वकप लिग–२ : नेपाल र ओमान बीचको खेल सुरु
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
प्रतिक्रिया