रुस युक्रेन युद्ध
सम्झौताको लागि रुस आक्रमणपूर्वको अवस्थामा फर्कनु पर्छः जेलेन्स्की

किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको कुनै पनि शान्ति सम्झौता रुसी सेना युक्रेनमा आक्रमणअघिको स्थितिमा फर्किने विषयमा निर्भर हुने बताएका छन् ।
लन्डन थिंक ट्यांकसँगको अन्तवार्तामा राष्ट्रपति जेलेन्स्कीले आफू मिनि युक्रेनको नभई युक्रेनको नेता भएको बताए । तर, उनले सन् २०१४ मा रुसमा बिलय भएको क्रिमियाबारे भने केही उल्लेख गरेनन् ।
रुसले पूर्वी बन्दरगाह शहर मारिओपोललाई पूर्ण नियन्त्रणका लागि संघर्ष गरिरहेको छ । त्यहाँको एउटा काराखानामा अझै पनि सर्वसाधारण नागरिक फसेका छन् । कारखानालाई रुसी सेनाले लामो समयदेखि घेराबन्दीमा राखेका छन् ।
मारिओपोललाई युक्रेनबाट पूर्ण रुपमा कब्जा गर्न सकेकमा दुई महिनाको युद्धमा रुसका लागि सबैभन्दा ठूलो उपलब्धि हुनेछ । तर, राष्ट्रपति जेलेन्स्कीले रूसले युक्रेनमा आक्रमण गरेपछि उसले जितेको क्षेत्र कब्जा गर्न नसक्ने बताए ।
युद्ध सुरु हुनुअघिल्लो दिनलाई उल्लेख गर्दै उनले भने, ‘रूस र युक्रेन बीचको युद्ध रोक्नको लागि २३ फेब्रुवरीसम्मको स्थिति पुनः प्राप्ति गर्न कदम चाल्नुपर्छ ।’
















आइसिसी विश्वकप लिग–२ : नेपाल र ओमान बीचको खेल सुरु
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
प्रतिक्रिया