श्रीलंकाका प्रधानमन्त्री राजापाक्षले राजीनामा दिने
काठमाडौँ । श्रीलंकाका प्रधानमन्त्री महेन्दा राजापाक्षले राजीनामा तयारी गरेको जनाइएको छ । देशभरमा आर्थिक तथा राजनीतिक संकट गहिरिदै गएपछि उनले पदबाट राजीनामा दिन लागेका हुन् ।
राजनीतिक तथा आर्थिक संकटको मुख्य कारक राजापाक्ष नेतृत्वको सरकार भएको भन्दै आन्दोलन चर्किएपछि उनलाई राजीनामाका लागि दबाब परेको छ ।
आन्दोलनकारीले प्रधानमन्त्री महेन्दालाई बर्खास्त गर्न राष्ट्रपतिलाई पनि चर्को दबाब दिएका छन् । उनले राजीनामा नदिए आन्दोलन थप चर्किंदै जाने देखेर उनले राजीनामा दिने तयारी गरेको हो ।
आन्दोलन चर्किंदै गएको र संकट काल लागू भएको परिप्रेक्षमा आगामी कदमका बारेमा छलफल गर्न राष्ट्रपति निवासमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत छलफल भएको थियो । छलफलका क्रममा प्रधानमन्त्री महेन्दा राजापाक्ष राजीनामा दिन सहमत भएका हुन् ।
देशमा आर्थिक संकट उत्पन्न भएपछि महंगी र अभाव बढेको थियो । महंगी र अभावबाट आक्रोशित जनताले आन्दोलन सुरु गरेका थिए । आन्दोलनपछि सरकारले त्यतिबेला पनि संकटकाल लगाएको थियो ।
आन्दोलनकारीले सरकारलाई बर्खास्त गर्न माग गरेपछि प्रधानमन्त्रीबाहेक सबै मन्त्रीले राजीनामा दिएका थिए । प्रधानमन्त्रीबाहेक सबै मन्त्री नयाँ बनाएर काम गर्दा पनि ठोस उपलब्धि नभएपछि आन्दोलन फेरि चर्किएकाले अहिले प्रधानमन्त्रीले नै राजीनामा दिनु पर्ने अवस्था आएको हो ।
















सुनचाँदीको मूल्यमा सामान्य गिरावट
युद्धविराम लम्बिँदा तनाव यथावत्
विश्व मातृ पृथ्वी दिवसः दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान
आइसिसी विश्वकप लिग–२ : नेपाल र ओमान बीचको खेल सुरु
आइसिसी विश्वकप लिग–२ : नेपाल र ओमान बीचको खेल सुरु
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
प्रतिक्रिया