शुक्रबार, वैशाख १८, २०८३

सर्लाहीको हरिवन तनावग्रस्त, माओवादीका उम्मेदवारलाई विष खुवाएको आरोप

मेरोन्यूज २०७९ वैशाख २५ गते १५:५४

सर्लाही । आगामी स्थानीय तहको चुनावी प्रचारमा जुटिरहेका सर्लाहीको हरिवन नगरपालिका वडा नं ११ का माओवादी केन्द्रका वडाअध्यक्ष उम्मेदवार मो। शेख इस्तिहारलाई विपक्षी उम्मेदवारको योजनामा विष खुवाइएको भन्दै सर्लाहीको हरिवनमा माओवादीका कार्यकर्ताले प्रदर्शन गरेका छन्।

Advertisement
NiccNicc

आइतबार विहान हरिवन–११ मा माओवादी केन्द्रले गरेको घरदैलोको क्रममा वडाअध्यक्षलाई विष खुवाइएको बताइएको छ। उनीहरुले एमाले उम्मेदवारको योजनामा विष खुवाएको आरोप लगाएका छन्।

विषका कारण वडाअध्यक्ष उम्मेदवार इस्तिहारसहित ६ जना बिरामी परेका छन्।

बिरामी हुनेमा मोहम्मद रिजवान, ओमप्रकाश साह, शेख आरिफ, पुर्णिमा कार्की, दिलीप खड्का रहेका छन्।

वडाअध्यक्षका उम्मेदवार इस्तिहारको अवस्था गम्भीर छ। उनलाई हरिवनको स्वाभिमान अस्पतालमा उपचारपछि थप उपचारका लागि बीरगञ्ज लगिएको छ।

अन्य बिरामीलाई पनि बीरगञ्ज लैजाने तयारी गरिएको छ।

माओवादी कार्यकर्ताले घटनाको विरोधमा टायर बालेर प्रदर्शन गरेका छन्। प्रदर्शनका कारण हरिवन बजार तनावग्रस्त बनेको छ।

प्रतिक्रिया