युक्रेनको विद्यालयमा हमला, ६० जना मारिएको आशंका
मेरोन्यूज
२०७९ वैशाख २६ गते ७:५५

किभ । युक्रेनको लुहान्स्कको एउटा गाउँको विद्यालयमा रुसले गरेको बम विष्फोटमा कम्तीमा ६० जनाको मृत्यु भएको आशंका गरिएको क्षेत्रीय गभर्नरले बताएका छन् ।
गभर्नर सेर्ही गैडाइले शनिबार दिउँसो रुसी सेनाले बिलोहोरिभकाको विद्यालयमा बम हमला गरेको बताए । उनका अनुसार हमलाको समयमा विद्यालयमा करिब ९० जनाले आश्रय लिएका थिए । विस्फोटपछि भवनमा आगलागी भएको थियो ।
’लगभग चार घण्टापछि आगो निभाइएको थियो । त्यसपछि भग्नावशेष खाली गरियो, र दुर्भाग्यवश, दुई जनाको शव फेला पर्यो’, गैडाइले भने ।
‘तीस जनालाई भग्नावशेषबाट निकालिएको थियो, जसमध्ये सात जना घाइते भएका थिए । भवनको भग्नावशेषमुनि ६० जनाको मृत्यु भएको हुनसक्ने सम्भावना छ’, उनले थपे ।
सम्बन्धित
















सुनचाँदीको मूल्यमा सामान्य गिरावट
युद्धविराम लम्बिँदा तनाव यथावत्
विश्व मातृ पृथ्वी दिवसः दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान
आइसिसी विश्वकप लिग–२ : नेपाल र ओमान बीचको खेल सुरु
आइसिसी विश्वकप लिग–२ : नेपाल र ओमान बीचको खेल सुरु
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
प्रतिक्रिया