कुरिनटारमा गोताखोर तालिम सुरु, प्रत्येक प्रदेशमा १० जना गोताखोर परिचालन गरिने

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा पाँच साता लामो गोताखोर तालिम सुरु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण र सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय वीचको सहकार्यमा तालिम सञ्चालन गरिएको हो ।
गोताखोर तालिममा २० जना सशस्त्र प्रहरीका जवानहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेका छन् ।
तालिम अवधीभर प्रशिक्षार्थीहरुलाई कोशी नदि, फेवाताल, कुलेखानी लगायतका फरक फरक भौगोलिक स्थान तथा वातावरणमा प्रशिक्षण दिईने प्राधिकरणले जनाएको छ ।
सशस्त्र प्रहरी कर्मचारीले विभिन्न विपद् उद्धार कार्यमा खटीई ८०२ जनाको जिवित उद्धार र ३०५ जना जना मृतकको शव रिकभर गरेको जानकारी दिए । विपद् प्रतिकार्यमा तत्कालको लागि सशस्त्र प्रहरी बल, नेपालले कम्तिमा १० जना गोताखोर सहितको टोली प्रत्येक प्रदेशमा परिचालन गर्ने योजना रहेको समेत उनले जनाए ।
उद्घाटन कार्यक्रममा तालिमका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी नायव उपरीक्षक विरेन्द्र खनालले तालिम सम्वन्धि प्रतिवेदन प्रस्तुत गरेका थिए ।
२०६९ वैशाख ३१ गतेदेखि असार १४ गतेसम्म युनडीपी नेपालको सहयोगमा बंगलादेशमा सञ्चालन भएको गोताखोर तालिममा पहिलो पटक २५ जना सशस्त्र प्रहरी कर्मचारीहरुले तालिम लिएका थिए ।
त्यसपछि उनीहरु देशका विभिन्न स्थानमा हुने विपद् उद्धारका घटनाहरुमा परिचालित भई उद्धार कार्य गर्दै आएका छन् ।
नेपालमा पहिलो पटक २०७६ असोज ९ गतेदेखि कात्तिक २६ गतेसम्म गोताखोर तालिम संचालन गरिएको थियो । उक्त तालिममा १९ जना सशस्त्र प्रहरी कर्मचारीहरु प्रशिक्षित भएका थिए ।
तत्पश्चात देशका ६ स्थानमा ३७ जना गोताखोर (सशस्त्र प्रहरी कर्मचारी) परिचालित भई गहिरो ताल, तलैया, पोखरी तथा नदिहरुमा डुवी वेपत्ता तथा घाईते भएका व्यक्तिहरुको खोजतलास लगायतका उद्धार कार्यमा संलग्न हुँदै आईरहेका छन् ।
















टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल
म्यानमारकी पूर्व नेतृ सुकीलाई नजरबन्दमा राखिने
विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
७५ वर्षीय वृद्धको हत्या गरी लुटपाट गर्नेलाई सिआइबीले पत्ता लगायो
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया