कुरिनटारमा गोताखोर तालिम सुरु, प्रत्येक प्रदेशमा १० जना गोताखोर परिचालन गरिने

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा पाँच साता लामो गोताखोर तालिम सुरु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण र सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय वीचको सहकार्यमा तालिम सञ्चालन गरिएको हो ।
गोताखोर तालिममा २० जना सशस्त्र प्रहरीका जवानहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेका छन् ।
तालिम अवधीभर प्रशिक्षार्थीहरुलाई कोशी नदि, फेवाताल, कुलेखानी लगायतका फरक फरक भौगोलिक स्थान तथा वातावरणमा प्रशिक्षण दिईने प्राधिकरणले जनाएको छ ।
सशस्त्र प्रहरी कर्मचारीले विभिन्न विपद् उद्धार कार्यमा खटीई ८०२ जनाको जिवित उद्धार र ३०५ जना जना मृतकको शव रिकभर गरेको जानकारी दिए । विपद् प्रतिकार्यमा तत्कालको लागि सशस्त्र प्रहरी बल, नेपालले कम्तिमा १० जना गोताखोर सहितको टोली प्रत्येक प्रदेशमा परिचालन गर्ने योजना रहेको समेत उनले जनाए ।
उद्घाटन कार्यक्रममा तालिमका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी नायव उपरीक्षक विरेन्द्र खनालले तालिम सम्वन्धि प्रतिवेदन प्रस्तुत गरेका थिए ।
२०६९ वैशाख ३१ गतेदेखि असार १४ गतेसम्म युनडीपी नेपालको सहयोगमा बंगलादेशमा सञ्चालन भएको गोताखोर तालिममा पहिलो पटक २५ जना सशस्त्र प्रहरी कर्मचारीहरुले तालिम लिएका थिए ।
त्यसपछि उनीहरु देशका विभिन्न स्थानमा हुने विपद् उद्धारका घटनाहरुमा परिचालित भई उद्धार कार्य गर्दै आएका छन् ।
नेपालमा पहिलो पटक २०७६ असोज ९ गतेदेखि कात्तिक २६ गतेसम्म गोताखोर तालिम संचालन गरिएको थियो । उक्त तालिममा १९ जना सशस्त्र प्रहरी कर्मचारीहरु प्रशिक्षित भएका थिए ।
तत्पश्चात देशका ६ स्थानमा ३७ जना गोताखोर (सशस्त्र प्रहरी कर्मचारी) परिचालित भई गहिरो ताल, तलैया, पोखरी तथा नदिहरुमा डुवी वेपत्ता तथा घाईते भएका व्यक्तिहरुको खोजतलास लगायतका उद्धार कार्यमा संलग्न हुँदै आईरहेका छन् ।
















ओखलढुङ्गामा तीन स्वतन्त्रसहित १३ दलका उम्मेदवारको मनोनयन
बैतडीमा १२ जनाको उम्मेदवारी दर्ता
मोरङका ६ निर्वाचन क्षेत्रमा ११८ उम्मेदवार
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
प्रतिक्रिया