आइतबार, पुष २०, २०८२

साताको दोस्रो दिन नेप्से दोहोरो अंकमा वृद्धि

मेरोन्यूज २०७९ वैशाख २६ गते १६:०६

काठमाडौँ । साताको दोस्रो दिन आज सेयर बजार परिसूचक नेप्से बढेको छ । परिसूचक १२.२७ अंकले बढेर २२ सय ६८.८४ अंकमा पुगेको छ ।

नेप्से बढेसँगै बजारमा कूल कारोबार रकम एक अर्ब ३९ करोड पुगेको छ । आज २२२ कम्पनीको सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा ११४ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, ७१ कम्पनीको सेयर मूल्य घटेको नेप्सेले जनाएको छ ।

आज माहुली लघुवित्तको शेयर मूलय ७.७७ प्रतिशतले बढ्यो । दोस्रो बजारमा हिमालयन ऊर्जा विकास कम्पनी र स्वरोजगार लघुवित्त लगायतका कम्पनी लगानीकर्ताले भने बजारबाट गुमाउन पुगे ।

आज यी कम्पनीको सेयर मूल्य ३ प्रतिशत भन्दा धेरैले घटेका थिए ।

प्रतिक्रिया