श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपक्षले दिए राजीनामा

काठमाडौँ । श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपक्षले पदबाट राजीनामा दिएका छन् । सरकारविरुद्ध प्रदर्शन जारी रहँदा उनले पदबाट राजीनामा दिएका हुन् । उनले राष्ट्रपति गोटाबाया राजपक्षलाई राजीनामा पठाएका हुन् ।
देशमा अभूतपूर्व आर्थिक संकटविरुद्ध प्रदर्शन गरिरहेका मानिसले राष्ट्रपति गोटाबाया राजपक्ष र उनको मन्त्रिमण्डलमाथि राजीनामा दिन दबाब दिइरहेका छन् ।
श्रीलंका सरकारले हाल देशमा संकटकाल लागू गरेको छ। स्थानीय मिडिया रिपोर्टका अनुसार राष्ट्रपति भवनमा गोटाबायाको नेतृत्वमा भएको बैठकमा सहभागी महिन्दा राजपक्षसँग राजीनामा दिन अनुरोध गरिएको थियो। जसलाई उनले स्वीकार गरेको बीबीसीले जनाएको छ ।
श्रीलंकामा क्याविनेटले प्रधानमन्त्री राजपक्षले देशको खराब आर्थिक अवस्थालाई सम्हाल्न असफल भएका कारण राजीनामा दिएको जनाएको छ। उनको राजीनामासँगै मन्त्रिमण्डल भंग भएको छ ।
श्रीलंकामा खाद्यान्न, पेट्रोल र औषधिको ठूलो मात्रामा कमी रहेको छ । स्वतन्त्रतापछि श्रीलंका सबैभन्दा ठूलो आर्थिक संकटमा फसेको छ । आर्थिक संकट चुलिएसँगै श्रीलंकाको जनजीवन नराम्रोसँग प्रभावित भएको छ ।
















सुनचाँदीको मूल्यमा सामान्य गिरावट
युद्धविराम लम्बिँदा तनाव यथावत्
विश्व मातृ पृथ्वी दिवसः दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान
आइसिसी विश्वकप लिग–२ : नेपाल र ओमान बीचको खेल सुरु
आइसिसी विश्वकप लिग–२ : नेपाल र ओमान बीचको खेल सुरु
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
प्रतिक्रिया