बुधबार, वैशाख ९, २०८३

रुसले मनायो विजयी दिवस, युक्रेनसँग युद्ध जारी (तस्बिरहरू)

मेरोन्यूज २०७९ वैशाख २६ गते २१:१३

काठमाडौँ । रुसले आज ७७ औँ विजयी दिवस मनाएको छ । विजयी दिवसको अवसरमा राष्ट्रपति भ्लादिमिर पुटिनले उद्घाटन गरेका थिए ।

Advertisement
NiccNicc

सन् १९४५ मे ९ मा नाजी जर्मनीमाथि विजय प्राप्त गरेसँगै रुसले विजयी दिवस मनाउने गरेको हो । हरेक वषए मे ९ को दिन रुसले विजयी दिवस मनाउने गर्दछ । यस वर्ष रुसले आफ्नो ७७ ‌औँ विजयी दिवस मनाएको हो ।

विजयी दिवसको अवसरमा रुसले सैन्य परेड, लडाकु विमानहरू प्रदर्शन, अन्तर महादेशीय ब्यालिस्टिक मिसाइल लञ्चर जस्ता विभिन्न तवरबाट मनाएको छ ।

यसैबीच विगत तीन महिनादेखि रुसले छिमेकी मुलुक युक्रेनमाथि सैन्य कारबाही भन्दै आक्रमण गरिरहेको छ । आक्रमणबाट ठूलो मात्रामा धनजनको क्षति भएको छ । युद्ध अझै जारी रहेको छ ।

प्रतिक्रिया