राष्ट्रिय परिचय पत्र छपाइ शुरु, ५० लाख आपूर्ति गर्ने लक्ष्य

काठमाडौँ । राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचय पत्र छपाइ प्रक्रिया शुरु गरेको छ । सिंहदरबारस्थित विभागको कार्यालयमा गृहसचिव टेकनारायण पाण्डेले एक कार्यक्रमबीच परिचय पत्र छपाइ कार्यको सुरुवात गरेका हुन् र
विभागले फ्रान्सको आइडिमिया सेक्युरिटी एण्ड आइडेन्टीटी कम्पनीबाट परिचय पत्रको कार्ड ल्याएपछि सोमबारबाट छपाइ प्रक्रिया शुरु गरेको महानिर्देशक तीर्थ प्रसाद भट्टराईले जानकारी दिए । अहिले विभागमा ३१ लाख ४७ हजार कार्ड आइपुगेको र बाँकी ८ लाख आउने क्रममा रहेको विभागले जनाएको छ । यो वर्षभरिमा ५० लाख आपूर्ति गर्ने लक्ष्य विभागले लिएको छ ।
मेसिनले घण्टामा ११ कार्ड छाप्ने भएकाले परिचय पत्र फाराम भरेर अन्य प्रक्रिया पूरा गरेकाले छिटै कार्ड पाउने विभागले जनाएको छ । विभागले अहिलेसम्म परिचय पत्रका लागि ६७ लाख ७९ हजार ६४२ जनाको आवेदन लिएको छ । अभियानमार्फत ५६ लाख ५३ हजार २०९ र इकाईमार्फत ११ लाख २६ हजार ४३३ आवेदन लिइएको विभागले जनाएको छ ।
विभागले इलाम, भोजपुर, ताप्लेजुङ्ग, झापा, पाँचथर, तेह्रथुम, धनकुटा, संखुवासभा, खोटाङ्ग, ओखलढुङ्गा, उदयपुर, सर्लाही, मकवानपुर, चितवन, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, कास्की, पाल्पा, नवलपरासी (बर्दघाट सुस्ता पुर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), गुल्मी, मनाङ्ग, सल्यान, सुर्खेत, डडेलधुरा, अछाम, कञ्चनपुर डोटी, कैलाली र भक्तपुर गरी ३१ जिल्लामा परिचय पत्रको अभियान सम्पन्न गरिसकेको छ ।
त्यस्तै ३३४ स्थानीय तह र तीन हजार ४५ वडामा अभियान सम्पन्न गरिएको महानिर्देशक भट्टराइले जानकारी दिए । अहिले सुनसरी, मोरङ, सप्तरी, सिन्धुपाल्चोक, ललितपुर, तनहुँ, रुपन्देही, मुस्ताङ, स्याङ्जा, कपिलवस्तु, पर्वत, बर्दिया र रुकुम (पश्चिम) बैतडीमा परिचय पत्रको अभियान सञ्चालन भइरहेको छ ।
राष्ट्रिय परिचय पत्रको सेवा एकीकरणमा राहदानी विभागसँग भई राष्ट्रिय परिचय पत्रमार्फत इ पासपोर्ट लागु भइसकेको छ । सीएमआईएस सेवा एकीकरण भई कार्यान्वयनमा रहेको र भीईआरएसपी-एमआईएससँग सेवा एकीकरण भई कार्यान्वयनमा रहेको, संचय कोष र आन्तरिक राजश्वको प्रणालीसँग आबद्धताको चरणमा रहेको महानिर्देशक भट्टराईले जानकारी दिए ।

















मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
बोलिभियामा सैन्य विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु
निर्वाचन निष्पक्षताका लागि जिल्ला प्रशासन चितवनको पाँच ‘पी’ सूत्र
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
झापामा दुइवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा एक जनाकाे मृत्यु, एक गम्भीर घाइते
‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
चुनावमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
प्रतिक्रिया