जापानमा विद्यार्थी खेलाडीलाई ह्यान्ड स्यानिटाइजर पिउँन दिएपछि..

टोकियो । जापानी अधिकारीहरूले उच्च माध्यामिक विद्यालयका खेलाडीहरूलाई दौडको क्रममा ह्यान्ड सेनिटाइजर पिउँन दिएको र एक विद्यार्थी स्यानिटाइजर पिएपछि बिरामी परेको विषयमा अनुसन्धान गर्ने बताएका छन् ।
गत सप्ताहन्तमा आयोजित छात्राहरूको ५ मिटर दौड प्रतियोगितामा आयोजकहरूले भूलवश कपमा खन्याएको सेनिटाइजर धावकहरूको लागि पेय स्टेसनमा राखेका थिए । सेनिटाइजरलाई लेबल नगरिएको प्लास्टिकको बोटलमा पिउँने पानी भएको कार्डबोर्ड बक्समा राखिएको यामानशीको हाईस्कूल खेलकुद महासंघले जनाएको छ ।
मदिरा मिश्रण गरिएको ह्यान्ड स्यानिटाइजर सामान्यतया कोभिड–१९ बाट बचाउन प्रयोग गरिन्छ । महामारी सुरु भएदेखि नै जापान र अन्य देशहरूमा यसको प्रयोग भएको छ ।
सेनिटाइजर पिएपछि एक खेलाडी ढलेर वान्ता गरेका थिए । अन्य दुई जनाले निरन्तर वाकवाक गरेका थिए । घाइते तीनै जनालाई उपचारका लागि अस्पताल लगिएको थियो । सो घटनाबारे तेस्रो पक्षले अनुसन्धान गर्ने यामानाशीका गभर्नर कोतारो नागासाकीले बताए ।
यसअघि भारतमा कोभिडबाट बच्न भन्दै एक व्यक्तिले सेनिटाइजर पिउँदा गम्भीर घाइते भएका थिए ।
















विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
प्रतिक्रिया