सोमबार, चैत २३, २०८२

भोट माग्दै देउवाले भने : डडेलधुरालाई प्रदेश राजधानी बनाउन सकिन्छ

मेरोन्यूज २०७९ वैशाख २७ गते १४:५१

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरालाई सुदूरपश्चिम प्रदेशको राजधानी बनाउने बताउँदै भोट मागेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

चुनावी अभियानलाई सम्बोधन गर्न डडेल्धुरा पुगेका प्रधानमन्त्री देउवाले विमान स्थल र सिटीहल निर्माण गर्ने बताउँदै प्रदेशको राजधानीसमेत ल्याउने बताएका हुन् ।

‘डडेल्धुरालाई नै प्रदेश राजधानी बनाउन सकिन्छ’, प्रधानमन्त्री देउवाले भने, ‘पहिला डडेल्धुरामा र डोटीमा संरचनाहरू थिएनन्, त्यसैले राजधानी बनाउन सकिएन ।’

उनले डडेलधुरामा प्रदेश राजधानी बनाउन आफ्नो पार्टीले जित्नु पर्ने बताए ।

प्रतिक्रिया