बर्दिबास नगरपालिकाका नगरप्रमुखमाथि आक्रमण प्रयास

महोत्तरी । बर्दिबास नगरपालिका नगरप्रमुख विदुर कार्कीमाथि आक्रमण प्रयास भएको छ । स्वतन्त्र उम्मेदवार प्रल्हाद क्षेत्री समूहका केही युवाले आक्रमण प्रयास गरेकाे नगरप्रमुख कार्कीले बताए ।
काम कै सिलसिलामा वडा नम्बर ६ स्थित घुरन महतोकाे घरमा भेटघाट गर्न गएको बेला केही भिड जम्मा भएर आक्रमणको प्रयास भएको स्थानीयले पनि बताएका छन् ।`मेयरसापभित्र कुरा गर्दै हुनुहुन्थ्यो त्यतिबेलासम्म बेलुका झण्डै ९:३० भएको थियो । केही युवा आए अनि गालीगलौज गर्दै भिडियो बनाए ।´ एक प्रत्यक्षदर्शीले भने ।
माओवादी केन्द्र मधेश प्रदेशका नेता समेत रहेका कार्कीले भोट माग्न गएको भन्दै अभद्र व्यवहार गरेको पीडित पक्षको आरोप छ । भिडियोमा पनि महताेले भेटघाटको लागि बाेलाएको स्वीकार गरेका छन् । `मैले मेयरलाई घरायसी भेटघाटको लागि बोलाएको थिए उनीहरू आएर अभद्र व्यवहार गरे ।´ उनले भने ।
यता, नेपाली कांग्रेसबाट टिकट नपाएपछि बागी उम्मेदवार वनेका क्षेत्री समूहले भने नगरप्रमुख विदुर कार्की भोट माग्नै गएको दावी गरेका छन् ।
तर, अहिलेसम्म राजीनामा नदिएको एउटा जनप्रतिनिधि जनतासँग भेटघाट गर्न आचारसंहिताले नरोक्ने जिल्ला निर्वाचन कार्यालय महोत्तरीका प्रमुख सुबोधकुमार महतो बताउँछन् । `उहाँ कुन आसयले जानुभयो त्यो त थाहा छैन तर जनप्रतिनिधि जनताको समस्यामा जतिबेला पनि जान पाउनुपर्ने हो ।´ महतोले भने ।
नगरप्रमुख कार्कीलाई गरिएको दुर्व्यवहारका बारे आफूलाई थाहा नभएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख रवि रावलले जानकारी दिए ।
प्रतिक्रिया