बर्दिबास नगरपालिकाका नगरप्रमुखमाथि आक्रमण प्रयास

महोत्तरी । बर्दिबास नगरपालिका नगरप्रमुख विदुर कार्कीमाथि आक्रमण प्रयास भएको छ । स्वतन्त्र उम्मेदवार प्रल्हाद क्षेत्री समूहका केही युवाले आक्रमण प्रयास गरेकाे नगरप्रमुख कार्कीले बताए ।
काम कै सिलसिलामा वडा नम्बर ६ स्थित घुरन महतोकाे घरमा भेटघाट गर्न गएको बेला केही भिड जम्मा भएर आक्रमणको प्रयास भएको स्थानीयले पनि बताएका छन् ।`मेयरसापभित्र कुरा गर्दै हुनुहुन्थ्यो त्यतिबेलासम्म बेलुका झण्डै ९:३० भएको थियो । केही युवा आए अनि गालीगलौज गर्दै भिडियो बनाए ।´ एक प्रत्यक्षदर्शीले भने ।
माओवादी केन्द्र मधेश प्रदेशका नेता समेत रहेका कार्कीले भोट माग्न गएको भन्दै अभद्र व्यवहार गरेको पीडित पक्षको आरोप छ । भिडियोमा पनि महताेले भेटघाटको लागि बाेलाएको स्वीकार गरेका छन् । `मैले मेयरलाई घरायसी भेटघाटको लागि बोलाएको थिए उनीहरू आएर अभद्र व्यवहार गरे ।´ उनले भने ।
यता, नेपाली कांग्रेसबाट टिकट नपाएपछि बागी उम्मेदवार वनेका क्षेत्री समूहले भने नगरप्रमुख विदुर कार्की भोट माग्नै गएको दावी गरेका छन् ।
तर, अहिलेसम्म राजीनामा नदिएको एउटा जनप्रतिनिधि जनतासँग भेटघाट गर्न आचारसंहिताले नरोक्ने जिल्ला निर्वाचन कार्यालय महोत्तरीका प्रमुख सुबोधकुमार महतो बताउँछन् । `उहाँ कुन आसयले जानुभयो त्यो त थाहा छैन तर जनप्रतिनिधि जनताको समस्यामा जतिबेला पनि जान पाउनुपर्ने हो ।´ महतोले भने ।
नगरप्रमुख कार्कीलाई गरिएको दुर्व्यवहारका बारे आफूलाई थाहा नभएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख रवि रावलले जानकारी दिए ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया