मंगलबार, फागुन २६, २०८२

संस्कृति इन्टरनेसनल स्कुलद्वारा सिकाइ सुधार सम्बन्धी दुई दिने कार्यशाला सम्पन्न

मेरोन्यूज २०७९ वैशाख २९ गते १३:१६

काठमाडौं । संस्कृति इन्टरनेसनल स्कुलले सिकाइ सुधार सम्बन्धि २ दिने कार्यशाला सफलतापुर्वक सम्पन्न गरेको छ । उक्त कार्यशाला इन्टरनेसनल करिकुलम एसोसिएसन (आइसिए) सँगको सहकार्यमा गत शनिबार र आइतबार ठमेलको अलफ्ट होटलमा सञ्चालन गरिएको थियो ।

Advertisement
nepal life insurencenepal life insurence

कार्यशालाको पहिलो दिनमा राजेन्द्र पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो भने सुश्री सारा ब्ल्याकमोर र सुश्री रेशु अर्याल ढुंगाना दुवै दिन किनोट स्पिकरको रुपमा रहेको थियो । कार्यशालाका सहभागिहरुले अन्तर्राष्ट्रिय पाठ्यक्रममा कार्यरत शिक्षकहरुद्वारा सञ्चालित विभिन्न कक्षागत अभ्यासहरु तथा उनीहरुको व्यवहारिक अनुभव मार्फत अन्तर्राष्ट्रिय शिशु शिक्षा पाठ्यक्रम, अन्तर्राष्ट्रिय प्राथमिक शिक्षा पाठ्यक्रम, अन्तर्राष्ट्रिय माध्यमिक शिक्षा पाठ्यक्रम सम्बन्धि विस्तृत रुपमा बुझ्ने जानकारी पाएका थिए ।

ज्ञान हासिल गर्न तथा नेपालभरका अन्य समकक्षी शिक्षकहरुसँग सञ्जाल विस्तार गर्नको लागि यो कार्यशाला अत्यन्तै सहयोगि रहेको सहभागि शिक्षकहरुले बताए । यो कार्यशालामा थ्रीडि आई स्कुल नेपाल, अनम्याथ स्कुल र भाव– सोसियो इमोसनल लर्निङको पनि साथ रहेको थियो ।

२०२२ अक्टोबरमा हुन गईरहेको अन्तर्राष्ट्रिय पाठ्यक्रम सम्मेलनको प्री–कन्फ्रेन्स इभेन्टको रुपमा आयोजना गरिएको यो कार्यक्रम सफलतापुर्वक सम्पन्न गरिएको आयोजकले जनाएको छ ।

बागमती प्रदेशका चिफ मिनिस्टर राजेन्द्र पाण्डे भने,“आहिले नयाँ प्राविधिक युगमा शिक्षाको अवधारणामा पनि परिवर्तन हुनु आवश्यक छ र मलाई खुसी लागेको छ यस्ता तालिम कार्यक्रमले शिक्षकहरुलाई अझ सक्षम बनाउन मद्दत गर्दछ । आउनुहोस् सामुदायिक विद्यालयको स्तरन्नोतीका लागि हामीसंग सहकार्य गर्नुहोस् । बागमती प्रदेशमा “१ विद्यालय, १ पालिका शिक्षा साझेदारी कार्यक्रम” गरौँ र केहि राम्रो उधाहरणीय कार्य गरौँ ” ।

प्रतिक्रिया