बुधबार, चैत ४, २०८२

एमालेबाट ईशनाथ नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका मेहतामाथि काँग्रेस कार्यकर्ताको हमला

मेरोन्यूज २०७९ वैशाख २९ गते १४:३६

काठमाडौं । रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको मेयरपदमा नेकपा (एमाले)बाट उम्मेदवारी दर्ता गराएका सन्तोष कुमार मेहतामाथि काँग्रेसका कार्यकर्ताहरुले हमला गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

नेपाली कांग्रेसका नेत्री अन्जु झा सहितको झन्डै दुईसय जनाको समुहले उम्मेदवारमाथि हमला गरेको पुर्वमन्त्रि प्रभु शाहको आरोप छ ।

पुर्वमन्त्री शाहले आफ्नो सामाजिक सञ्जाल मार्फत ज्यान मार्ने उद्देश्यले गरेको सांघातिक हमला भएको जनाएका छन् ।

उनले आफ्नो फेसबुकमा लेखेका छन्‘देश सँगसँगै मुख्यतः रौतहट जिल्लामा नेकपा (एमाले) संग चुनाव हार्ने डरले नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा संलग्न पार्टीहरु स्थानीय गृह प्रशासन समेतको षड्यन्त्र एवं संलग्नतामा हाम्रो पार्टीको उम्मेदवारमाथी गराईएको सांघातिक हमलाको घटना लोकतान्त्रिक प्रतिस्पर्धाको उपहास एवं खेदजनक विषय हो ।’

‘यसै सन्दर्भमा, रौतहटको ईशनाथ नगरपालिकाका मेयर पदका उम्मेदवार क. सन्तोष मेहतालाई नेपाल प्रहरीको असई संजय कुर्मिले फोन गरेर पल्टुवा बजारमा बोलाइ, गाडिको साँचों (चाबी) खोसी नेपाली कांग्रेसका नेत्री अंजु झा सहितको झन्डै दुईसय जनाको समुहले ज्यान मार्ने उद्देश्यले गरेको सांघातिक हमलाको घटनाको घोर भर्त्सना गर्दछु । यस घटनामा परी घाईते हुनुभएका क. सन्तोष मेहताको शिघ्र स्वास्थ्य लाभको कामना सहित यस खेदजनक घटनामा संलग्न दोषीहरुलाई कडाभन्दा कडा कानूनी कार्रवाईको जोडदार माग सहित भोली हुनगईरहेको स्थानीय तहको मतदान भय एवं धाँधली रहित वातावरणमा निश्पक्ष रुपमा सु(सम्पन्न गराउन नेपाल सरकार, निर्वाचन आयोग र पर्यवेक्षक संस्था सहित सरोकारवाला पक्षहरुको गम्भीर ध्यनाकर्षण गराउन चाहन्छु ।’ उनले थपेका छन् ।

प्रतिक्रिया