आईपीएलमा मुम्बईको तेस्रो जित
मेरोन्यूज
२०७९ वैशाख ३० गते ७:१२

काठमाडौं । चेन्नई सुपर किङसलाई ५ विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा मुम्बई इण्डियन्सले तेस्रो जित निकालेको छ ।
बिहीबार राति चेन्नईले दिएको ९८ रनको लक्ष्य मुम्बईले १४ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गरेकाे हाे ।
मुम्बईको जितमा तिलक वर्माले सर्वाधिक ३४ रन बनाए । चेन्नईका मुकेश चौधरीले ३ विकेट लिए ।
त्यसअघि मुम्बईमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले १६ ओभरमा सवै विकेट गुमाउँदै ९७ रन बनाएको थियो ।
चेन्नईका कप्तान महेन्द्र सिंह धोनीले सर्वाधिक ३६ रन बनाए । मुम्बईका डानिल साम्सले ३ विकेट लिए ।
जितसँगै मुम्बईले १२ खेलमा ६ अंक जोडेर पुछारमा छ । चेन्नई १२ खेलबाट ८ अंक जोडेर नवौं स्थानमा छ ।
सम्बन्धित
प्रतिक्रिया