शुक्रबार, वैशाख १८, २०८३

बाजुराको मतदान केन्द्रमा एमाले र काँग्रेस कार्यकताबिच खुकुरी हानाहान

मेरोन्यूज २०७९ वैशाख ३० गते १०:४६

काठमाडौं । बाजुराको बूढीगंगामा प्रमुख प्रतिपक्षी नेकपा एमालेका कार्यकर्ताले सत्तारुढ नेपाली कांग्रेसका कार्यकर्तामाथि खुकुरी प्रहार गरेका छन्।

Advertisement
NiccNicc

बुढीगंगा नगरपालिका–५ स्थित भानोदय माध्यमिक विद्यालय भवन मतदान केन्द्रमा एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार गरेका हुन्।

खुकुरी प्रहारबाट कांग्रेसका वडाध्यक्ष उम्मेदवार खडक थापा, एजेन्ट गंगा जोशी र धनगिरी खत्री घाइते भएका छन्।

घाइतेहरुको अहिले टाँटे स्वास्थ्य चौकीमा उपचार भइरहेको कांग्रेस नेता राजेन्द्र शाहले जानकारी दिए।

उनले फर्जी मत खसालिरहेका व्यक्तिहरु रोक्न खोज्दा एमालेका नेता–कार्यकर्ताहरु आक्रमणमा उत्रिएका पनि बताए।

शाहका अनुसार एमाले बाजुराका सचिव भरत थापाले उक्त समूहको नेतृत्व गरेका थिए। मतदान स्थलमा आक्रमण भएपछि अहिले मतदान स्थगित भएको छ।

प्रतिक्रिया