बुधबार, वैशाख ९, २०८३

बाराको पचरौतामा जसपाले बुध क्याप्चर गरेको एमाले उम्मेदवारको दावी

मेरोन्यूज २०७९ वैशाख ३० गते १४:०८
पचरौता नगरपालिकाबाट मेयरमा उम्मेदवारी दिएका जलन्दर सिंह

काठमाडौं । बारा जिल्लाको पचरौता नगरपालिकामा मतदानकै बिच झडप भएको छ । नगरपालिकाको वठा नंबर २ र वडा नंबर ४ मा नेकपा एमाले र जसपाका कार्यकर्ताबिच दोहोरो भिडन्त भएको हो ।

Advertisement
NiccNicc

झडपका क्रममा जसपाले २ वटा वुथ क्याप्चर गरेको पचरौता नगरपालिकाबाट मेयरमा उम्मेदवारी दिएका जलन्दर सिंहले मेरोन्यूजलाई जानकारी दिए । उनले भने,‘नगरपालिकाको वडा नंबर २ र वडा नंबर ४ को दुई वटा मतदान केन्द्रमा उनिहरुले हाम्रो ५० औँ कार्यकर्ताहरुलाई हमला गरेर बुथ क्याप्चर गरेका छन् ।’

उम्मेदवार सिंहका अनुसार जसपाले भारतीय नागरीकको सहयोगमा बुथ क्याप्चर गरेको हो । उनले भने,‘हाम्रो ५० जना कार्यकर्ता घाइते छन्, उनिहरुले भारतबाट मान्छे मगाएर वुथ क्याप्चर गरेका छन् । यसको विषयमा मैले प्रमुख निवार्चन आयुक्तलाई समेत जानकारी गराएको थिए, उहाँले सिडियोलाई पठाउनु भएको थियो तर सिडियोले समेत हाम्रो विरुद्धमा मतदान जारी गर्न भनेर हिडिसकेका छन्, यो एमालेलाई हराउने सड्यन्त्र हो । ’

झडपमा एमालेका ४ जना कार्यकर्ता गम्भिर घाइते भएका छन् । घाईते हुनेमा राम नरेश, सम्भु ठाकुर लोहार, रामा विश्वास शाह र पप्पु शाह हुन् ।

प्रतिक्रिया