बुधबार, माघ ७, २०८२

धुर्कोट नयाँगाउँमा अध्यक्षका उम्मेदवार भण्डारीमाथी माओवादीका कार्यकर्ताद्वारा हातपात

मेरोन्यूज २०७९ वैशाख ३० गते १७:३२

गुल्मी । धुर्कोट गाउँपालिका वडा नम्बर २ नयाँगाउँमा माओवादीका कार्यकर्ताद्वारा संयुक्त लोकतान्त्रिक प्यानलका उम्मेदवार महेन्द्र प्रसाद भण्डारीमाथी हातपातको प्रयास भएको छ ।

अध्यक्षका प्रत्यासी भण्डारी मतदान केन्द्रको अबलोकन गर्न जानेक्रममा हातपातको प्रयास हुनुका साथै तथानाम गालीगलोज गरेको स्थानिय प्रकाश पोख्रेलले जानकारी दिए । पोख्रेलका अनुसार उग्र माओवादी कार्यकर्ताले जवर्जस्त मुख छाड्ने र भण्डारीलाई एक ढंगले हातहालाहालको अवस्था आएको उनले बताए ।

हातपातको प्रयास भएपछी प्रहरीको टोली घटनास्थलमा पुगी भण्डारीलाई सुरक्षीत ठाउँमा लगिएको हो । हातपात गर्ने माओवादी कार्यकर्तालाई प्रहरीले नियन्त्रणको प्रयास गर्न कोसिस गरिरहेको छ भने उग्र कार्यकर्ताले झनझन बिबाद निम्त्याएको कारणले गर्दा नयाँगाउँको स्थिति तनाबग्रस्त छ ।

प्रतिक्रिया