आइतबार, चैत १०, २०८१

चन्द्रागिरिमा एमालेको अग्रता

मेरोन्यूज २०७९ वैशाख ३१ गते १८:३२

काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । स्थानीय तहको वैशाख ३० मा सम्पन्न मतदानको आज दुई हजार ५०० मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार उत्तमबहादुर राउतले ९४० मतका साथ अग्रता लिनुभएको हो ।

उनलाई गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार घनश्याम गिरीले ८२९ मत प्राप्तले पछ्याईरहेका छन् । निर्वाचन अधिकृत सिर्जना थपलियाका अनुसार, उपप्रमुखमा पनि नेकपा एमालेकै उम्मेदवार बसन्ती श्रेष्ठले ९६५ मत प्राप्त गरेर अग्रता लिईरहेकी छिन् । उनलाई गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार रोशन दानीले १४८ मत प्राप्त गरेर पछ्याईरहेकी छिन् ।

कूल १५ वडा रहेको चन्द्रागिरिमा अहिले वडा नं १ र २ को मतगणना भइरहेको छ । कूल ४७ हजार २६४ मतदाता रहेको उक्त वडामा ३६ हजारभन्दा बढी मत खसेको निर्वाचन अधिकृत थपलियाले बताए ।

प्रतिक्रिया