मालिका पालिकामा एमालेका उम्मेदवार विजयी
मेरोन्यूज
२०७९ जेठ १ गते १५:१०
म्याग्दी । जिल्लाको मालिका गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । सार्वजनिक मत परिणामअनुसार पालिकाको अध्यक्षमा एमालेका वेगप्रसाद गर्वुजा र उपाध्यक्षमा एमालेकै लक्ष्मी पुनः विजयी भएका हुन् ।
एमालेका गर्वुजाले तीन हजार ९१ मत पाएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी कांग्रेसका श्रीप्रसाद रोकाले दुई हजार ९ सय ७० मत पाएका छन् ।
नवनिर्वाचित गर्वुजा गत स्थानीय निर्वाचनमा उनै रोकाबाट पराजित भएका थिए ।
सम्बन्धित
प्रतिक्रिया