वीरेन्द्रनगर १ मा पुनः कांग्रेसका खत्री दोहोरिए
मेरोन्यूज
२०७९ जेठ १ गते १७:४७

सुर्खेत । जिल्लाको वीरेन्द्रनगर नगरपालिका १ को वडा अध्यक्षमा नेपाली कांग्रेसका दिनेश खत्री निर्वाचित भएका छन् ।
उनी प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारलाई ४० मत बढी ल्याएर निर्वाचित भएका हुन् । आइतबार सकिएको वडा नम्बर १ को मत गणनाअनुसार कांग्रेसका खत्रीले एक हजार ४८४ मत ल्याएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका गंगाराम सुनारले एक हजार ४४४ मत ल्याएका छन् । उनी २०७४ सालको निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
सम्बन्धित
प्रतिक्रिया